arrow

माल्दिभ्समा यामिनले स्वीकारे हार, भारतको लागि खुल्यो बाटो 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
maldives.png

काठमाडौं । माल्दिभ्सको निर्वाचनमा अप्रत्याशित नतिजा हासिल भएसँगै राष्ट्रपति अब्दुल्लाह यामिनले आफ्नो हार स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले यो निर्वाचन निष्पक्ष हुनेमा आशंका जनाइरहेको अवस्थामा यस किसिमको नतिजा हासिल भएको हो । 

आइतबार भएको निर्वाचनमा विपक्षी नेता मोहम्मद सोलिहले जित हासिल गरेका छन् । माल्दिभ्सको निर्वाचनमा अब्दुल्ला यामिनको हार चीनको लागि झड्का हुनसक्ने बताइएको छ । 

यामिनलाई चीनको निकै निकट रहेका नेताको रुपमा हेरिँदै आएको थियो । पछिल्लो केही समयदेखि भारतलाई वेवास्ता गरिरहेका उनको हारसँगै भारत पनि उत्साहित देखिएको छ । माल्दिभ्सको निर्वाचनको विषयमा सबैभन्दा धेरै प्रतिक्रिया दिने मुलुक भारत थियो । भारतले माल्दिभ्समा सोलिहको जितसँगै भारत–माल्दिभ्सको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण सुधार आउनसक्ने बताएको छ । 

पछिल्लो दुई वर्षदेखि हिन्द महासागरमा माल्दिभ्ससँग भारतको उतारचढाव आइरहेको छ । यस्तो अवस्थामा माल्दिभ्ससँगको भारतको सम्बन्धमा थप सुधार आउनसक्ने देखिएको छ । 

भारतका लागि माल्दिभ्सका राजदूतले विश्वले माल्दिभ्सको लोकतन्त्रमाथि प्रश्न उठाइरहेको अवस्थामा आफूहरु लोकतन्त्रमा विश्वास गर्ने मुलुक रहेको साबित गरिदिएको बताएका छन् । 

राष्ट्रपति अब्दुल गयुमले माल्दिब्समा ३० वर्षसम्म शासन गरेका थिए । उनले सो अवधिमा माल्दिभ्समा लोकतान्त्रिक सरकार गठन हुने व्यवस्था गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ