राष्ट्रिय वन पैदावर व्यवसायी संघ पाँचथरमा मगर निर्वाचित
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असोज ९ मंगलबार
265
Shares
पाँचथर । राष्ट्रिय वन पैदावर व्यवसायी संघ पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न छैटौ अधिवेशन बाट सूर्य कुमार मगर निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी रमेश राईलाई १९ मतअन्तरले पछि पार्दे मगर निर्वाचित भएका हुन्।
मगरले ५६ मत प्राप्त गरे भने उनका निकटम प्रतिदन्द्धी रमेश राईले ३७ मत प्राप्त गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा टँशी शेर्पा सर्वसम्मत चयन भए । यस्तै उपाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई झिनो एक मत अन्तरले पराजित गर्दे मोहन सिंह राई निर्वाचित भए ।
श्रेष्ठले ४४ मत प्राप्त गरिन् भने राईले ४५ मत प्राप्त गरी विजयी भए । यस्तै बाँकी पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरिएको संघका ब्यवस्थापक बेनु तिम्सिनाले जानकारी दिए।
महासचिव गजेन्द्र थापा,सचिव विक्रम साँवा,सहसचिव सुरेन्द्र फागो र कोषाध्यक्षमा ठगेन्द्र गुरुङ रहेका छन् । यस्तै सदस्यहरुमा याम श्रेष्ठ,कुमार निरौला,याम प्रसाद चापागाई,हिमाल तुम्रोक,नवराज तामाङ,निमाशिंङ तुम्रोक,दिपक गुरुङ,कृष्ण थापा मगर, र मदन कुमार सुब्बा रहेका छन् ।