arrow

निर्मला हत्या प्रकरण : एसपी विष्टको अर्को पोल खुल्यो, सिडिओसँग कुरै नगरी गोली चलाइयाे

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
dilliraj.JPG

काठमाडौं । निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन भन्दै कञ्चनपुरको भीमदत्तनगरमा भएको प्रदर्शनमा गोली चलाउन एसपी डिल्लीराज विष्टले प्रमुख जिल्ला अधिकारीलाई नसोधेको कुरा खुलेको छ । 

निर्मला हत्या र गोलीबारी तथा अनुसन्धानका क्रममा भएका त्रुटिबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा सिडिओले गोली चलाउन आदेश नै नदिएको उल्लेख छ । समितिले प्रदर्शनका क्रममा प्रहरीले गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो ।
प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको कुरा प्रतिवेदनमा समेटिएको  छ । 

एसपी डिल्लीराज विष्टलाई यसबारे पटक–पटक सम्पर्क गर्दा फोन नउठाएको बयान पनि प्रमुख जिल्ला अधिकारीले समितिलाई दिएका छन् । एसपी सम्पर्कमा आउनै चाहेनन् । समितिले एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि पनि अनुसन्धान गरिरहेको बताएको छ ।

यसैगरी घटनामा संलग्न भन्दै पक्राउ गरेर प्रहरीले यातना दिएका दिलिपसिंह विष्टको सरकारले उपचार गर्नु पर्ने भनिएको छ । प्रहरीले मुख्य अभियुक्त भनेर दिलिपको डिएनए परीक्षण समेत गराएको थियो । तर, डिएनए निर्मलाको फाइलसँग मेल खाएन । जिम्मा जमानीमा छोड्नु परेको थियो । 

समितिले गएको भदौ ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार प्रहरी नायब उपरीक्षक डिएसपी ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बमा परेका थिए । निर्मला हत्याबारे अनुसन्धान गर्न अन्य टोली समेत खटिएका छन् । तर, दोषी अझै पत्ता लाग्न गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ