arrow

३ किलो सुनसहित घले र तामाङ पक्राउ

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
gold-pure1.jpeg

काठमाडौं । ३ किलो  सुन सहित २ जना पक्राउ परेका छन् ।   रसुवा केरुङ नाका हुदै काठमाडौं सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरले रसुवा गोसाईकुण्ड गाँउपालीका नर वहादुर घले र पेम्वा तामाङलाई पक्राउ गरेको हो ।

टोखा रोडको साईवावा चोकमा निलो रङ्गको वा ७३ प ३४०२ पल्सर वाईकमा सवार घले र तामाङलाई शंकालागि प्रहरीले चेकजाँच गर्दा निजहरुको शरीरबाट १२ टुक्रा सुन फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । निजहरुलाई थप अनुसन्धानका लागि परिसरमा राखिएको छ ।

नर वहादुर घले र पेम्वा तामाङ दुवै जना जिल्ला रसुवामा घर वनाउने  ठेक्कापट्टा गर्ने कार्य गर्दै आईरहेका छन् । निजहरुलाई १ किलो सुन पास गराए वापत ५० हजार रुपैयाँ लिने  गरेको खुल्न आएको छ  ।  उनिहरुले २ महिनामा दुईपल्ट गरी ३ किलो सुन काठमाडौं ल्याई सकेका छन् ।  उक्त सुन  ९१ करोड ५० लाख विस हजार ६ सय उनान्सय  वरावरको रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ