बाजुरा । गएको भदौ २ गते वर्षाका कारण बाढी पहिरोमा परेका बुढीगंगा नगरपालिका–१ कुँडीमा ११ जना र बडीमालिका नगरपालिका ४ रिलाका एक जनालई गरी १२ परिवारलाई सोमबार राहत वितरण गरिएको छ ।
प्रवासमा बस्दै आएका बाजुराकाबासीले सुदरपश्चिम एकता समाज टष्ट रजीले भारतको दिल्लबाट विभिन्न सहकारी संस्थाहरुबाट पिडितका लाग संकलन गरी ल्याएको दुई लाख नगद सोमबार नगर प्रमुख दिपक विक्रम शाहले बाढी पहिरो पिडितलाई उक्त रकम हतान्तरण गरिएको सुदुर पश्चिम एकता समाज टष्टका अध्यक्ष बल बहादुर भण्डारीले जानकारी दिएका छन् ।
प्रबासमा बसी दिल्लीका साहुको भाँडा,गाडी,अन्य मजुदर गरी जम्मा गरिएको रकम सकलन गरी बाढी पिडिताई सहयोग गर्नु मानविय धर्म भएको अध्यक्ष भण्डारीले बताएका छन् ।
राहत संकलनमा लागि भारतको दिल्लीमा रहेका रोहणी निरंकारी लगायतका क्षेत्रमा रहेका महिला सहकारी र विभिन्न संस्थाबाट उठाइएको रकम सोमबार हस्तान्तरण गरेको सुदुर पश्चिम एकता समाज टष्टका सचिव दिनेश भण्डारीले बताएका छन् ।
दिल्लीबाट संकलन गरी ल्याएको दुई लाख रकम बुढीगंगा नगरपालिका १ का बाढी पहिरो पीडित मध्ये घर विस्थापित र पहिरेमा परि मृत्यु भएका नन्दे परीलाई ३५ हजार, घर नै नै विस्थापित भई अरुको घरमा बस्दै आएका सुरेन्द्र साउँदलाई ६० हजार,र तुली साउँदलाई ६० हजार रकम राहत स्वरुप वितरण गरिएको हो ।
यसैगरी बाढी पहिरोले क्षती पुर्याएका बढीगंगा नगरपालका १ कुँडीका नाउटे सार्कीलाई चार हर्जा ६ हजार कुँडीका जनक साउदलाइ ६ हजार,राम साउँद ६ हजार,भुज चदारा ५ हजार, अैती नेपालीलाई ४ हजार र सोही वडामा रहेका अम्कोटका धनीराम पाध्यायलाइ ६ हजार राहत वितरण गरिएको वडा अध्यक्ष राजेश कुमार सिंहले बताएका छन् ।
त्यसैगरी बुढीगंगा नगरपालिका–२मुसीका छन्चरे रावतको पहिरोले गाईबस्तु मरेपछि उनलाई राहत स्वरुप ४ हजार र खोलामा बगेर मृत्यु भएका सोही वडाका मान बहादुर थापाको छोराको क्रिया खर्च वापत ६ हजार राहत दिइएको छ । भने बडीमालिका नगरपालिका–४ रिलाकमा बाढीपहिरो पिडित जीत बहादुर ल्वारलाई पनि ३ हजार राहत दिइएको नगर उप प्रमुख तारा खातीले बताइन् ।
बाढी पहिरोमा परेकाहलाई दिल्लीमा नोकरी गर्दैरकम सकलन गरी सहयोग गरेकोमा पिडितहरुले धन्यवाद समेत दिएका छन् । मानवीय सहयोग गरेकोमा उनीहरुले खुसी व्यक्त गरेका छन् ।
सुदुर पश्चिम एकता समाज टष्टले दिल्लीमा रहेका संस्थाबाट रकम संकलन गरिएको हो । संकल गरुकउा मध्ये कुँडी सहकारी संस्थाबाट ६४ हजार,बडीमालिका जन कल्याण संस्था रोहिणीबाट ११ हजार दुई सय,महिला सहकारी संस्थाबाट २५ हजार ६ सय रकम संकलन गरिएको अध्यक्ष भण्डारीले बताएका छन्।
यसैगरी दिल्लीमा नोकरी गर्दै आएका बाजुराका पाँच जनाले पनि सहयोग गरेका छन् ।सहयोग गर्नेमा इश्वरराज उपाध्याय १० हजार,मोति वि.क. चार हजार,गोविन्द्र सुनार चार हजार,दल विष्ट एक हजार ६१६ र धनगढी कैलाली घर भएका अमर चौधरीले एक हजार ७१७ रुपैया सहयोग गरेको सुदुर पश्चिम एकता समाजका सचिव भण्डारीले बताएका छन् ।
यसैगरी बाजुराको बुढीगंगा नगरपालिका १ घर भइ हाल अमेरिकामा बस्दै आएका विनय सिंहले ५० हजार,बुढीगंगा नगरपालिका–३ का चक्र शाहले पाँच हजार समेत सहयोग गरेको छन् ।
बाजुरा घर भएका र धनगढी बस्दै व्यापार गर्दै आएका व्यक्ति कम्पनीहरुले समेत सक्दो सहयोग गरेको सोमबार राहत वितरण कार्यक्रममा सार्वजनिक गरिएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले रकम संकलन गरी बाढी पिडितलाइृ सहयोग गर्नु नै मानविय धर्म गरेकोमा धन्यवाद दिएका छन् । बाढी पहिरोमा परी मृत्यु भएका र अन्य घर क्षती भएका पिडितलाई दिल्लीमा रकम उठाएर बाजुरामा वितरण् कार्यको प्रशसंनिय रहेको नगर प्रमुख शाहले बताए ।
उनले भने बाढी पहिरो पिडितलाई रकम संकलन गरी वितरण गर्न सहयोग गर्नेलाई नगरपालिकाले सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पहिरो गएका बेला विभिन्न आरोप सतय नभएको बताए । बुढीगंगामा आएको बाढी पहिरोले क्षती पुर्याएको ठाउँमा आफु नै लागेको हुँ । अनावश्यक रुपमा सामाजिक संजालमा गलत प्रचार गरेको प्रति नगर प्रमुख शाहले आपत्ती जनाएका छन् ।
बाढी पिडितलाई राहतका लागि पहल गरी राहत वितरण गर्दा पनि प्रतिपक्षका केही नेताहरुले गलत मनसायले जनतामा भ्रम फैलाएको स्पोष्टक्ती दिएका छन् । राहत वितरण कार्यक्रममा नगर उप प्रमुख तारा खातीले राहत संकलन गरी सहयोग गरेकोमा धन्यवाद दिएकी छन् । उनले पिडालाई मलम लगाउने गरी सहयोग मात्र नभई पिडितलाई राहतको आभास गराएको प्रति उप–प्रमुखले खुसी व्यक्त गरिन् ।
राहत वितरण कार्यक्रममा सुदुरपश्चिम एकता समाज टष्ट्रका अध्यक्ष बल बहादुर भण्डारीले दुःखमा परेकालाई सहयोग गर्नु नै दिल्लीमा बसेका नेपालीहरुको मानविय धर्म भएको बताए । वडा अध्यक्ष राजेश कुमार सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर प्रमुख दिपक विक्रम शाह,उप प्रमुख तारा खाती,बडीमालिका नगरपालिका उप प्रमुख कविता विष्ट,बडीमालिका नगर कार्यपालिका सदस्य जयन्ती हमाल,बुढीगंगा नगरपालिका कार्यपालिका सदस्य वीरभान परी,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी राधिका सिंह,नेपाल महिलासंघ बाजुरा अध्यक्ष अमृता सिंह लगायत वडाका सदस्य,स्थानीयहरुको सहभागिता रहेको थियो । वडा सचिव रण बहादुर थापाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य ललति थापाले गरेका थिए ।