arrow

प्रेस युनियन मकवानपुरको अध्यक्षमा अधिकारी

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
union-makwanpur.jpg

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन् । प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।

 युनियन मकवानपुरको उपाध्यक्षमा मणिराज गौतम, समावेशी उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा सिर्जना नेपाल चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा मनिषा बस्नेत, मनोज देवकोटा, सुनुमाया थिङ, इन्द्रप्रसाद बन्जारा ‘रमेश’, धिरज ढकाल, ललिता बस्नेत र सुजन ढकाल रहेका छन् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा राजन दाहाल ‘खुसराज’, सम्झना कार्की, रुपेश दुलाल, सविन न्यौपाने, सुनिल शिवाकोटी, गोकर्ण सुबेदी, माधव न्यौपाने र गणेशदर्पण अधिकारी चयन भएका छन् । प्रदेश प्रतिनिधिमा सुजन विडारी, कपिल खड्का, गंगा पौडेल, सुदीप शिवाकोटी, अनिषा थापा, राजेश श्रेष्ठ, विनोद चौलागाईँ, प्रदिप अधिकारी, अमर लामा, ज्योति न्यौपाने र मन्जु पुडासैनी चयन भएका छन् ।

युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, मध्यमाञ्चल संयोजक राममणी दाहाल, केन्द्रीय सदस्य तथा अधिवेशन प्रतिनिधि प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, युनियनका केन्द्रीय सदस्य वसन्त पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, प्रेस सेन्टर नेपालका मकवानपुर अध्यक्ष नानीमैयाँ विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ