arrow

भ्रष्टाचारमा चुर्लुम्म डुब्यो ओली सरकार : वैद्य  

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
Mohan-baidya.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बतएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाको उदघाटन गर्दै महासचिव वैद्यले सुशासन, भ्रष्टाचार अन्त्यको नारा लिएर बनेको सरकार आफै भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

वैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको बताउँदै बालिका बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुःखी नेपाली’को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको वैद्यको जिकिर छ ।

समाजवाद भन्दैमा समाजवाद नहुने बताउँदै वैद्यले भन्नेवित्तिकै ‘सुःखी नेपालीः समृद्ध नेपाल’नबन्ने तर्क गरेका छन् । जनताको पक्षमा दृढतापूर्वक उभिन र सचेत रहन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ