घुस रकमसहित मण्डल र घुस लिएको अभियोगमा गिरी पक्राउ
प्रकाशित २०७५ असोज ९ मंगलबार
337
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सर्लाहीमा कार्यरत अमीन किसुनदेव मण्डललाई नौ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
अंशबण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिँदालिँदै आयोगको टोलीले मंगलबार नापी कार्यालयबाटै पक्राउ गरेको हो ।
यस्तै काठमाडौँ महानगरपालिकाको कार्यालय, टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीलाई पाँच हजार घुस लिएको अभियोगमा आयोगले मंगलबार पक्राउ गरेको छ ।
सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी विभिन्न बहानामा घुस लिएको अभियोग गिरीमाथि लागेको छ । आयोगले गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।