arrow

चीनले दियो मालदिभ्सका प्रतिपक्षी दलका नेतालाई बधाई, बेइजिङसँग सहकार्य गर्ने आशा

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
ibrahim.jpg

बेइजिङ, चीन । मालदिभ्सका प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपतिको निर्वाचनमा ५८ प्रतिशत मतसहित विजय भएकोमा चीनले उनलाई बधाई दिँदै आगामी दिनमा बेइजिङले मालेसँगको सहकार्यलाई थप सुमधुर बनाउने बताएको छ ।

निर्वाचनमा चीनको निकट मानिने अब्दुल्लाह यमीन भारी मतका साथ पराजीत भएका थिए ।

प्रमुख प्रतिपक्षी दलको गठबन्धनमा निर्वाचन लडेका सोलिहले यमीनमाथि अप्रत्यासित रूपमा विजय चुम्न सफल भएका थिए  । यमीनको कार्यकालमा चीन–मालदिभ्सबीचको सम्बन्धमा निकटता देखिएको र सोही समय चीनले मालदिभ्सको भौतिक पूर्वाधार निर्माणमा ठूलो राशी ऋण लगानी दिएको थियो ।

यमीन सरकारलाई विमानस्थलदेखि राजधानी माले जोड्ने चाइना–मालदिभ्स फ्रेन्डसिप ब्रिज लगायतका आयोजना निर्माणका लागि दशौँ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । पुल गत अगस्टदेखि सञ्चालनमा आएको छ ।

चीनले मालदिभ्सलाई दिएको ऋणले लामो समयदेखि माल्दिभ्सको पक्षमा सहयोग गर्दै आएका भारत तथा पश्चिमा मुलुकहरूलाई चिन्तित तुल्याएको थियो । पूर्व–पश्चिम व्यापार मार्गमार्फत टापूहरूको देश मालदिभ्समा चीनको प्रभाब बढ्न थालेपछि उनीहरूले मालदिभ्सप्रति सम्वेदनशील बनेका थिए ।

चीनका विदेश मन्त्रालयका गेङ सुवाङले भने, “हामीले माल्दिभ्ससँगको हाम्रो परम्परादेखिको मित्रतालाई थप बलियो बनाउन सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ साथै यसबाट दुबै देश र यहाँका जनताले लाभ लिने विश्वास चीनको छ ।”

सञ्चारकर्मीसँगको नियमित भेटघाटमा उनले भने, “चिनियाँ व्यवसायिक लगानी भित्राउने वातावरण मालदिभ्सले बनाउने सम्वन्धमा नीतिगत स्थायित्व कायम गर्नेमा चीन विश्वस्त छ ।”

यमीनले आफ्नो कार्यकाल यही नोभेम्बर १७ मा सकिने र त्यसपछि स्वभाविक तथा औपचारिक सत्ता हस्तान्तरण हुने बताएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ