रामपुर, पाल्पा । गत असोज २ गतेदेखि हराईरहेका रामपुर नगरपालिका ८ का १७ बर्षे किशोर शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदी अन्तर्गत नवलपुर जिल्लाको बुलिङटार बेसीथुम घाट नजिक भेटिएको छ ।
नदी किनारमा खोज्ने क्रममा मंगलबार दिउँसो झण्डै २ बजे उनको शव नदीमा भेटिएका इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
आनन्द निकेतन बिद्याश्रम कृष्णाबारीमा कक्षा १० मा पढ्ने शैलेन्द्र असोज २ गते स्कुल र ट्युसन पढेर घर आएपछि खेल्न भनि निस्केका थिए । करिब साझँ ५.३० बजेतिर घरबाट निस्केका उनको खोजी कार्य जारी रहेको थियो ।
केही दिनअघि केटीको काण्डमा साथीभाईसँग भनाभन भएपछि विवाद चुलिएको थियो । विवाद भएको थाहा भएपछि बिद्यालयमा शिक्षकहरुले उनीहरुको झगडा मिलाएका थिए ।
मंगलबार उनको शव भेटिएपछि परिवारका सदस्यले शव पहिचान गरि नवलपुरको स्थानीय प्रहरीमा जाहेरी दिएर मुचुल्काको काम सकिएपछि शवको पोष्टमार्टम गरि बुधबारसम्ममा परिवारलाई बुझाउने प्रहरी निरिक्षक पाण्डेले बताए ।