arrow

रसियाको पुटिनवाद : एशियासँग यसकारण जोड्न चाहन्छ मायाप्रीति

गोर्वाचेभको अभिव्यक्ति सिद्ध हुँदै 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ असोज ९ मंगलबार
putin3.jpg

नयाँदिल्ली । १ जनवरी १९९१ को दिन विश्वको त्यतिबेलाको सर्वशक्तिमान सोभियत संघ विघटन भयो । कम्युनिष्ट मुलुकहरुको जत्थाले विश्वमा कम्युनिष्ट शासनको जगजगी मच्चाईरहेको बेलामा एक समय त प्रजातान्त्रिक मुलुकहरुले पनि चिन्ता लिनु पर्ने स्थिती सिर्जना गराईएको थियो । तर, अन्ततः उनीहरु आफैंमा कम्युनिष्टहरुको असली प्रवृत्ति देखाउन लाग्दा त्यो शक्तिशाली युनियन नै क्षतविक्षत बन्न पुग्यो । 

कम्युनिष्टहरुको विषयमा एउटा उक्ति प्रचलित छ । 'कम्युनिष्टहरु पहिले अरुलाई शासन गरेर शक्तिशाली बन्छन् र अन्तमा आफू आफैं भित्र लडेर पतन हुन्छन् ।' यस्तै दृष्टान्त सोभियत संघमा पनि घटित भएको छ । ७० वर्षसम्म एकदलीय शासनमा बसेर विश्वमा उदीयमान शक्तिको रुपमा चलिरहेको स‌ंघमा केही राजनीति असमझदारी, केही आर्थिक कमजोरी र केही सामाजिक परिघटनाहरुका कारण विघटनको संघारमा पुगेको विषय धेरैलाई जानकारी भएको विषय हो । 

यसरी सोभियत संघ फुटाउनुमा एशियाका केही राजनीतिज्ञहरुको महत्वपूर्ण भूमिका रहेको छ । यो भूमिका भलै पर्दा पछाडिबाट चलाईएको भएपनि पर्दा अगाडि नै अफगानिस्तानमा स‌‌ंघले गरेको सैन्य कारबाहीको विषय पनि सोभियत संघ विघटनको एउटा निमित्त कारण हो । यसमा अफगानिस्तानमा सैन्य हमता गर्ने विषयमा स‌ंघभित्र एकमत थिएन । 

यसरी सोभियत संघ विघटन गरी आफ्नो शक्ति क्षीण गराउन सहयोग गर्ने एशियासँग नै अहिले रसिया मायाको साईनो गास्न उद्दत छ । अहिले भारतसँग भएको सैन्य सम्झौता, चीनसँगको हतियार सम्झौता जस्ता विषयबाट पनि रसियाको एशियाप्रतिको प्रेमको विषय स्पष्टसँग देख्न सकिन्छ । 

रसियाको यो प्रेम कुनै भावनात्मक नभएर नित्तान्त एउटा व्यवसायीक प्रेम हो । यही प्रेमको माध्यमबाट रसियाले धेरै फाईदा उठाईरहेको छ । त्यसैको प्रभाव स्वरुप अहिले रसिया विश्वको दोस्रो ठूलो हतियार निर्यात गर्ने मुलुक बनिसकेको छ भने आर्थिक स्थितीमा समेत निकै माथि पुगिसकेको छ । एशियाली मुलुकहरुसँगको सम्झौता पछि रसिया अहिले विश्वको सबैभन्दा धेरै विद्युत निर्यात गर्ने मुलुक बनेको छ । यसको रुट एशिया हुँदै युरोपसम्म पुगेको छ । 

गोर्वाचेभको अभिव्यक्ति सिद्ध हुँदै 
विश्वलाई नै आफ्नो शक्तिले पछि पारेको सोभियत संघमा चिरा पार्नको लागि सहयोग गरेको भन्ने थाहा पाएपछि रसियाका तत्कालीन प्रभावशाली नेता मिखाईल गोर्वाचेभले एशियामा आफ्नो प्रभाव जमाउने विषयमा ऐतिहासिक भाषण दिएका थिए । सन् १९८६ मा भ्लादिभोस्टोकमा उनले एउटा ऐतिहासिक भाषण दिए । उनले त्यतिबेला घोषणा गरेका थिए कि सोभिएत संघ अब एशिया महाद्विप तर्फ अघि बढ्ने छ । त्यतिबेला उनले सोभियत संघले अब नयाँ आर्थिक र राजनीतिक विचार बोकेर एशिया छिर्ने घोषणा गरेका थिए । त्यतिबेला संघको लक्ष्य अर्कै भएपनि संघले सबै देशको सुरक्षा र मानिसका न्यूनतम मूल्य र मान्यताको संरक्षणको लागि आफूहरु एशियामा नयाँ अभियान लिएर जान लागेको जनाएका थिए । भ्लादिभोस्टोक रसियाकै एक प्रसिद्ध शहर हो ।

यसरी त्यतिबेलादेखि एशियामाथि नजर परेको रसियाले सोभियत फुटिसकेपछि पनि एशिया कार्डबाट धेरै फाईदा उठाईसकेको छ । पछिल्लो समय रसियाले चीन, भारत र भियतनामलाई विशेषगरी धेरै हतियार विक्रि गर्ने गरेको छ । साथै उसको विद्युत करिडोर पनि एशियाको बाटो हुँदै युरोपसम्म पुग्ने भएकोले एशिया आफ्नो अन्य व्यापारको लागि पनि एशियामा आफ्नो प्रभाव जमाउनु आवश्यक मानिएको छ । त्यस समय केही देशहरुले सोभियत संघ फुटाउनको लागि महत्वपूर्ण भूमिका खेलेका थिए । ती देशहरुसँगको बदलाको भाव पूरा गर्न पनि रसिया एशियाकेन्द्रित भएको हुनसक्ने आशंका पनि विश्व जगतमा हुने गरेको छ । 

चीनसँगको सम्बन्ध 
सोभियत संघमा हुँदा होस् या स्वतन्त्र हुँदा नै रसिया र चीनबीचको सम्बन्ध पहिलेदेखि नै सुमधुर नै छ । भलै सन् १९५० सम्म आईपुग्दा सोभियत संघको चिनियाँ माओवादसँग पनि सम्बन्ध टुट्ने स्थितीमा पुगेको थियो । समान जस्तै देखिने विचारका यी दुई मुलुकको टकरावले सो समयसम्म चुलि टेकिसकेको थियो । 

तर, दुबै कम्युनिष्ट धारका मुलुक भएकोले पनि राजनीतिक विचारसँगै नेतृत्वको विचारपनि मिल्ने गरेको छ । २०१८ को सुरुवातमा अमेरिकासँग भईसकेको हतियार खरिद सम्झौतालाई भंग गर्दै चीनले रसियासँग एस ४०० एयर मिसाईल लगायतका हतियार खरिदको लागि सम्झौता गरेको थियो । यसरी एउटा आफ्नो सहयात्री पाएको रसियाले भारतसँग पनि महत्वपूर्ण सम्बन्ध राखेको छ । यी दुबै मुलुकहरुसँग विशेषगरी हतियार व्यापारको लागि सम्बन्ध विशेष बनाईएको हो । 

विशेषगरी शीतयुद्ध भन्दा पहिले सोभियत संघले आफ्नो महाद्वीप र विश्वका अन्य धेरै मुलुकमा पनि आफ्नो राजनीतिक प्रभाव छोडेको थियो । कोरियाली प्रायद्वीपको विभाजन, उत्तरी भियतनामलाई सहयोग जस्ता राजनीतिक परिघटनाले सोभियत संघलाई अझ बलियो मोर्चाको रुपमा विश्वले चिनेको थियो । इरानी शासक मोहम्मद रेजाले अफगानिस्तानमा गरेको सैन्य कारबाही, भारतसँगको विशेष सम्बन्धले पनि त्यतिबेलासम्म राम्रै चर्चा पाएको थियो । तर, संघको यो सबै शक्ति शीतयुद्ध लगत्तै केही क्षीण बन्दै गयो ।  

गोर्वाचेभले यस्तो अभिव्यक्ति दिनुको पछाडि सामान्य कारण थिएन । विश्वमा आफ्नो शासन जमाउने प्रयासमा रहेको सोभियत संघलाई फुटाउनको लागि एशियाका नेताहरुले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यही जानेका रसियाका शासकहरुले एशिया प्रवेशको तयारी गरिरहेका थिए । तर, सोही अभिव्यक्तिको ५ वर्ष पछि संघ आफैं कमजोर बन्न पुग्यो । 

सुरुवातमा धेरै एशियाली मुलुकहरु मस्कोको एशिया नीतिप्रति त्रसित र होसियार पनि थिए । उनीहरुले गोर्वाचेभको त्यो कालखण्डलाई एकदमै चुनौतीपूर्ण समय मानेका थिए । रसिया सुदूर पूर्वको जापानसँग पनि रोचक सम्बन्ध रहेको छ । यो ठाउँ एशियाको भूमिमा युरोपियन संस्कृतिको परिवृत्तिभित्र रहेको छ । 

तर, पछिल्लो समय धेरै अगाडि आईसकेको छ । सुदूर पूर्वी रसियाका मानिसहरु एशियासँग एकदमै निकट रहेका छन् । उनीहरुको व्यवहारले यस्तो देखाउँछ कि उनीहरु साँच्चिकै नै एशियन हुन् । पछिल्लो समय रसिया पनि एशिया महादेश स्तरीय आर्थिक कार्यक्रममा सहभागी बनिसकोछ भने एशियनमा पनि रुसले सहभागिताको प्रस्ताव गरिरहेको छ । 

२००१ सालमा सांघाईमा एउटा विषयमा एशियाली मुलुकहरुबीच सम्झौता भएको थियो । चीनसँग केही भर्खरै मात्रै स्वतन्त्रता प्राप्त गरेका मुलुकहरुबीच व्यापार, सैन्य शक्ति, उर्जा, संस्कृति र खुल्ला व्यापार क्षेत्रको लागि सम्झौता भएको थियो । त्यसको १४ सालपछि मस्कोमा काजकिस्तान र बेलारुसहरु मिलेर युरोएशियन आर्थिक युनियन नामको एउटा संस्था दर्ता भयो । त्यसमा पछि अर्मेनीया र कीर्गिस्तान पनि थपिएको थियो । सो फोरमसँग अहिले पनि धेरै एशियाली मुलुकहरुले पनि सम्बन्ध राखिरहेका छन् । जसमा भारत पनि संलग्न छ । 

सन् २०१२ सालमा भ्लादिभोस्टोकमा एपेक समिट भएको ३ वर्ष पछि रसियाले एन्यूयल इस्टर्न इकोनोमिक फोरम नामको भेटघाट कार्यक्रममा एशियाका उच्च तथा प्रभावशाली नेता, सरकारी अधिकारी तथा व्यापारीहरुसँग महत्वपूर्ण छलफल गर्यो । 

यसको एशियाले त त्यति उल्लेखित फाईदा उठाउन सकेन । तर, रसियाले भने त्यसको महत्वपूर्ण फाईदा उठायो । त्यसैको प्रभाव स्वरुप रसिया अहिले पहिलो आर्थिक तथा वित्तीय व्यवस्थामा बलियो बनिरहेको छ । दोस्रो कुरा रसिया अहिले विश्वको सबैभन्दा धेरै विद्युत निर्यात गर्ने मुलुक बनेको ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ