arrow

नेपाल र बुल्गेरियाबीच दुई पक्षीय हितबारे छलफल 

logo
प्रकाशित २०७५ असोज १० बुधबार
nepal-bulgeria-foreign-ministry.JPG

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीसमेत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ