arrow

अमेरिकालाई हानी गर्न खोजे इरानले ठुलो मूल्य चुकाउनुपर्छ : सुरक्षा सल्लाहकार

logo
प्रकाशित २०७५ असोज १० बुधबार
john_bolton.jpg

काठमाडौं । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानले अमेरिकालाई कुनै किसिमको हानी गर्न खोजेको खण्डमा त्यो उसको लागि नराम्रो हुने चेतावनी दिएका छन्  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले मध्यपूर्वमा हत्या, हिंसा र विनाशको लागि भूमिका खेलिरहेको आरोप लगाएको केही समयमा सुरक्षा सल्लाहकारले यस्तो चेतावनी दिएका हुन् । 

इरानियन राष्ट्रपति हसन रोउहानीले ट्रम्पको कार्यशैलीको व्यापक विरोध गर्दै आएका छन् । सन् २०१५ को न्युक्लियर सम्झौताबाट बाहिरिँदै अमेरिकाले इरानमाथिको प्रतिबन्धको निर्णय गरेको छ । अमेरिका इरानलाई दबाबमा राख्दै नयाँ सम्झौता गर्न बाध्य पार्ने मनसायमा रहेका छन् । 

बोल्टनले इरानले लगातार झुट बोल्ने, छल गर्नेजस्ता कार्यहरु गर्दै आइरहेको र यो क्रम जारी रहेको खण्डमा उसले उसले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । उनले आफूहरुले इरानलाई नजिकैबाट नियालिरहेको र उसले कसरी अमेरिकालाई हानि पुर्‍याउनसक्छ भन्ने कुराको जानकारी पनि आफूहरुलाई राम्रोसँग थाहा भएको बताए । 

इरानले आफ्ना छिमेकी तथा अन्य सार्वभौम मुलुकहरुको अधिकारमा पनि खेलबाड गरिरहेको उनले आरोप थियो । इरान सम्झौताका बाँकी मुलुकहरु बेलायत, चीन, जर्मनी र रुसले भने इरानमाथिको अमेरिकी प्रतिबन्धबाट बच्नका लागि नयाँ योजना ल्याउने तयारी गरिरहेका छन् । 

यस किसिमको अन्य मुलुकहरुको तयारीप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शान्ति तथा सुरक्षाको हिसाबमा सबैभन्दा नराम्रो कदम रहेको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ