arrow

सुन र मोवाइल चोर पक्राउ 

logo
आचार्य प्रदीप
प्रकाशित २०७५ असोज १० बुधबार
arrest.jpg.jpeg

बुटवल । चार्डपर्व नजिकिदै गर्दा रुपन्देहीमा चोरीका घटना दिन प्रतिदिन बढिरहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले अनुमानित ३ तोला सुन र २ थान मोबाइलसहित एक गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ४२ का टिका थापा रहेको प्रहरीले जनाएको छ । 

बुटवल प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लका अनुसार तिलोत्तमा नगरपालिका वडा नं १५ सकुवानी बस्ने बर्ष ४३ को मोहनप्रसाद पन्थीको २ थान मोबाइल  गत २ गते बुटवल उपमहानगरपालिका वा न १५ अमरपथबाट चोरी भएको थियो । 

घटना सम्बन्धी बुटवल प्रहरीले खोजी गर्ने क्रममा थापाको निवासबाट चोरी गरी राखिएका थप सुनका गरगहना समेत बरामद गरेको हो ।

बरामद हुनेमा तिलहरी १ थान, चन्द्रमा १ थान, जन्तर २  थान, २ पोते सहितको १ थान, स्याना तिलहरी २ थान गरी अनुमानित ३ तोला सुन र २ थान मोबाइल बरामद गरिएको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए। 

चोरी गर्ने थापालाई चोरी मुद्धा चलाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ