arrow

पत्रिका जफत भएकामा पत्रकार महासंघको विरोध

logo
प्रकाशित २०७५ असोज १० बुधबार
FNJ-logo.jpg.jpeg

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ । 

महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो । 

शाखाका अध्यक्ष सन्तराम बिडारीले विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ