arrow

झक्कु सुवेदीका छोरा पक्राउपछि रोल्पा बन्द, यातायात प्रभावित

logo
प्रकाशित २०७५ असोज १० बुधबार
jhakau-subadi.jpg

रोल्पा । तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा  पक्राउपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले बुधबार बन्द आह्वान गरेको छ।  जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ ।

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताए ।

जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ ।

जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको सो पार्टीले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ