काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाललाई लिएर पुन: स्वास्थ परिक्षणको लागि सिंगापुर जाने भएका छन् ।
सीतालार्इ लिएर प्रचण्ड बुधबार बेलुका सिंगापुर जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । प्रचण्डको साथमा छोरी गंगा पनि जाने छिन् ।
गत असारमा सीताको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । सो समय सिङ्गापुरको स्वीमिङ पूलमा वाटरथेरापी र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा केही सुधार आएको थियो ।
छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। काखका छोराछोरी गुमाउनुपर्दा सीता पिडित रहेकी छन्।
प्रकाशको मृत्यु अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको देखिन्छ भने उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ ।