arrow

अपहरणको नाटक गरी प्रेमिका भेट्न गएका डाक्टर पक्राउ

logo
प्रकाशित २०७५ असोज १० बुधबार
doctor.jpeg

लहान । सिरहाको लहानबाट मंगलबार साँझ अपहरण भएको भनिएका डा. सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा. यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो ।

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा. यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो ।

सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा फेला पारेका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

 प्रेमिका भेट्न गएका यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ