आफ्नो प्रभाव विस्तार गर्न चीन र कतारको खेलकुद राजनीति

कतारले पीएसजी किन्नु र चीनले क्यामरुनमा स्टेडियम बनाउनुले कस्तो अर्थ राख्ला ?

सिमोन चाडविक प्रकाशित मिति : २०७५ असोज १० बुधबार

कतार र चीनको आँखा अहिले विश्वकप फुटबल तथा शीतकालीन ओलम्पिकमा केन्द्रित छ । दुवै मुलुकहरुले उक्त प्रतियोगिताका लागि उल्लेख्य रकम खर्च गरिरहेका छन् । यद्यपि यी प्रतियोगिताहरु खेलको मैदानको लागि भन्दा पनि मुलुकको स्वार्थका लागि प्रयोग हुनसक्ने विश्लेषकहरुले बताएका छन् । 

एसियन खेलकुदलाई सन् २०२२ निकै महत्वपूर्ण वर्ष हुनसक्ने देखिन्छ । एसियाको पश्चिममा रहेको कतार विश्वकप फुटबलको आयोजना गदैछ भने चीन शीतकालीन ओलम्पिकको तयारीमा जुटेको छ । यसअघि सन् २००८ मा चीनले ग्रीष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो । यी दुवै प्रतियोगिताहरु सम्बन्धित मुलुकहरुका लागि निकै ठुलो प्रतियोगिता हो । उनीहरुले यो प्रतियोगितालाई आधार मान्दै गरेको खर्चले पनि यसको पुष्टि गर्छ ।

कतारले गर्न लागेको विश्वकप धेरैको चासोको विषय बन्न पुगेको छ । कतारको सरकारले स्डेडियम निर्माण तथा अन्य प्रतियोगिताको आवश्यक कामका लागि दुई खर्ब अमेरिकी डलरबराबरको रकम खर्च गर्ने प्रतिबद्धता जनाएको छ । चीनले पनि शीतकालीन ओलम्पिकका लागि ४० अर्ब डलरबराबरकोरकम खर्च गर्दैछ । चीनको खर्च कतारको तुलनामा निकै कम हो तर शीतकालीन ओलम्पिकका लागि गर्न लागिएको अहिलेसम्मकै सबैभन्दा धेरै रकम हो । 

खेल अब खेलमात्र रहेन

अहिले आयोजना हुन गइरहेको प्रतियोगिताहरुले उक्त प्रतियोगिताहरुको वास्तविक शक्ति के हो भन्ने कुरालाई उजागर गर्न सक्छ । त्यसका साथै यसबाट खेलकुदको माध्यमबाट हुने राजनीतिक अभ्यास पनि गर्नका लागि सहयोग पुग्ने देखिन्छ । यो प्रतियोगितामा राखिएका लक्ष्यहरु कुन हदसम्म पूरा हुन्छन् भन्ने त भविष्यमा देखिएला तर अहिले दुई मुलुकहरुले अत्यधिक मात्रामा खेलकुदमा लगानी गरिरहेका छन् । 

अहिले अत्यधिक मात्रामा खेलकुदमा लगानी गरेसँगै उनीहरुको लगानीको विषयमा पनि प्रश्न चिह्न खडा भएको छ । त्यसका साथै कतार र चीनले आयोजना गर्न लागेका उक्त प्रतियोगिताहरुको बीचमा समानताहरुको पनि खोजी हुन थालेको छ । 

चीन र कतारको आर्थिक सुधार पछिल्लो दुई दशकमा निकै महत्वपूर्ण रहेको छ । यो अवधिमा चीनले विश्वको सबैभन्दा धेरै आर्थिक वृद्धिदरको नतिजा हासिल गरेको थियो । साथै कतार प्रतिव्यक्ति आयको हिसाबमा विश्वको सबैभन्दा धनी मुलुक हो । विभिन्न किसिमको कमजोरीहरुको बाबजुद कतारले सन् २०३० सम्मको राष्ट्रिय योजनाअनुसार खेलकुदमा लगानीको योजना ल्याएको हो । साथै चीनले पनि सोही नीतिलाई सन् २०२५ सम्म अघि बढाउने बताएको छ । 

कुनै न कुनै हिसाबमा हेर्ने हो भने खेलकुदमा यस किसिमको महत्वपूर्ण लगानीको योजनालाई दुई मुलुकहरुलाई निकै फाइदा हुने बताइएको छ । यसले राष्ट्रिय हिसाबमा कतार र चीनलाई महत्वपूर्ण फाइदा हुनसक्ने देखिन्छ । त्यसका साथै खेलकुदको माध्यमबाट आर्थिक तथा औद्यागिक विकासमा पनि महत्वपूर्ण सहयोग पुग्नसक्छ । त्यसैले यसलाई प्रतिस्पर्धात्मक फाइदाको रुपमा लिइन्छ । यद्यपि आधारभूतरुपमा चीन र कतारको स्वभावको हिसाबको हिसाबमा भने वास्तविक स्रोतको समस्यामा रहेको देखिएको छ । विशेषगरी, जमिन, श्रम, पुँजी र संस्थाहरुजस्ता स्रोतहरुको निकै महत्वपूर्ण मानिन्छन् । यद्यपि यी मुलुकहरुसँग उत्पादनशील सम्पत्ति रहेको छ, जसले भने उक्त प्रतियोगितालाई सहयोग पुर्‍याउन सक्छ । 

स्रोत व्यवस्थापनको लागि खेलकुद राजनीति

दुई मुलुकहरुले अहिले आयोजना गर्न लागेको प्रतियोगितामा दिमाग, ब्राण्ड, राजनीतिक प्रभाव, कूटनीतिक चाललगायतका कुराहरु निकै महत्वपूर्ण हुनसक्ने देखिन्छ । विभिन्न किसिमका स्रोतहरुको उचित प्रयोग गर्नसक्ने मुलुकले नै महत्वपूर्ण फाइदा तथा शक्ति हासिल गर्नसक्ने बताइएको छ । अहिले कतार र चीन दुवैलाई आफुनो स्रोतहरुको उचित प्रयोग गर्ने मामिलामा केही ठुलो चुनौतीहरु पनि रहेका छन् । कुनै एक स्रोतको प्रयोग गर्दा अर्कोको अभाव हुने अवस्था यी दुई मुलुकहरुमा रहेको छ । कतारमा उल्लेख्यमात्रामा कार्बन इन्धनको भण्डारण रहेको छ । विशेषगरी ग्यास भण्डारणमा कतार अगाडि रहेको छ । सन् २०२४ सम्मको अवधिमा कतार विश्वको सबैभन्दा ठुलो ग्यास निर्यातकर्ता मुलुक बन्नसक्ने देखिएको छ । 

यद्यपि मुलुकको इतिहास, स्थान, वातावरण र औद्योगिक विकासको क्षेत्रमा केन्द्रित छन् । जसले उनीहरु आर्थिक विकासका लागि मात्र अघि बढिरहेको देखाउँछ । यस्तोमा अहिलेको योजनाले भने उनीहरु क्षेत्रीय तथा विश्वव्यापीरुपमा आफ्नो प्रभाव पनि विस्तारको दिशामा बढेको देखिन्छ । चीनको हकमा भन्ने हो भने उसलाई जनशक्तिको अभाव छैन । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको मुलुकको लागि यो स्वाभाविक पनि हो र उसका धेरै जनशक्ति शिक्षित पनि छन् । 

प्राकृतिक स्रोतहरुको हिसाबमा भन्ने हो भने चीनलाई पनि केही फाइदा देखिन्छ । यद्यपि चीनलाई प्राकृतिक स्रोतहरुको मामिलामा आफैंलाई पूरा गर्न समस्या देखिन्छ । यसको अर्थ चीनले आफ्नो तेल, ग्यास र खानाको आपूर्तिको सुनिश्चितता उसले गर्नुपर्ने हुन्छ । यस्तोमा चीन र कतार दुवैलाई आफ्नो मुलुकको अवस्थामा सुधारका लागि बाह्य मुलुकहरुसँग सहयोग लिनुपर्ने आवश्यकता रहेको छ । खेलकुदमा अहिले गरिएको लगानी उक्त विषयहरुभन्दा बाहिरको कुरा हो तर यसको सम्बन्ध उनीहरुले भोगिरहेको चुनौतीहरुसँग प्रत्यक्षरुपमा रहेको देखिन्छ । 

कतारको खेलकुदको लगानीले भने केही नयाँ कुराको संकेत गरेको छ । उदाहरणका लागि, कतार स्पोर्ट्स इनभेष्ट भन्ने कतारको खेलकुदमा लगानी गर्ने कम्पनीले फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) खरिद गरेको छ । सन् २०११मा कतारले उक्त क्लब खरिद गरेको हो । अहिले पिऐसजी फुटबल क्लबहरुमा सबैभन्दा बढी आम्दानी गर्नेमा छैठौं वरीयतामा पर्छ । 

खेलकुद अब खेलकुद मात्र रहेन आम्दानीको श्रोत पनि हुनथालेको छ र सँगसँगै राजनीति र कूटनीतिको माध्यम पनि भएको छ । आफ्नो शक्ति प्रदर्शनका रुपमा पिएसजीले ब्राजिलका खेलाडी नेयमारलाई अत्यधिक मूल्य हालेर क्लबमा भित्र्याएको थियो । नेयमार विश्वका बैभन्दा महंगा खेलाडी भएका छन् ।

त्यसका साथै कतार एयरवेजले फिफामा प्रायोजन पनि गरेको छ । यसले कतार फुटबलको माध्यमबाट आफ्नो शक्ति प्रदर्शनको खेलमा लागेको देखिन्छ  यसले आगामी दिनमा कतारलाई पनि दुबईजस्तै खेलकुदमैत्री क्षेत्रको रुपमा विकास गर्नसक्ने देखिन्छ । यसले राजनीतिक तथा समाजिक हिसाबमा पनि कतारलाई फाइदा पुग्नसक्ने देखिन्छ । साथै केही फुटबल क्लबहरुको आँखा कतारमा पर्नुले पनि उसलाई महत्वपूर्ण सहयोग पुग्नसक्ने देखिन्छ । 

चीनले भने अफ्रिकामा स्टेडियम कूटनीतिको चाल खेलिरहेको छ । उसले सवारीसाधन तथा प्राकृतिक स्रोतहरुको प्रयोग गरिरहेको छ । सन् २०१९ मा क्यामरुनमा अफ्रिकी कप अफ नेसन्स हुँदैछ । जसमा चीनले पनि महत्वपूर्ण सहयोग गर्नेछ । यदि चीनले अफ्रिकामा यो कप आयोजना गराउन सकेको खण्डमा अफ्रिकाको करिब आधार तेलमा चीनको हिस्सा हुनेछ । यसले स्पष्ट के देखाउँछ भने चीनले अफ्रिकाको स्टेडियममा भन्दा पनि अफ्रिकाको तेलमा लगानी गरिरहेको बुझिन्छ । 

सबै कुराको विवरण हेर्ने हो भने कतार तथा चीन आधारभूत स्रोतहरुको प्रयोग सुरक्षित गर्ने दिशामा अघि बढिरहेका छन् । साथै यसले उनीहरुमा प्रतिस्पर्धाको फाइदा पनि पुगेको देखिन्छ । 
(इकोनोमिक फोरमबाट भावानुवादित)

नयाँ