arrow

मेयरले भने–प्रदेशको राजधानी धनगढी बाहिर लगे मन्त्री र सांसदका डेरामै आगो लगाउँछौँ  

प्रदेश ७ अशान्त

logo
प्रकाशित २०७५ असोज १० बुधबार
kailali_news.JPG

कैलाली । प्रदेश ७ को राजधानी धनगढी उपमहानगरबाट बाहिर लान खोजेपछि मेयरनै रिसाएका छन् । उपमहानगरका मेयर नृप वडले धनगढी क्षेत्र भन्दा बाहिर राजधानी लाने प्रयत्नभए मन्त्री र सांसद बस्ने क्वार्टरमा आगो लगाउने चेतावनी दिएका छन् । 

पत्रकारसँग कुरा गर्दै मेयर वडले धनगढी उपमहानगर भन्दा बाहिर प्रदेश राजधानी लगिए मन्त्री र सांसद बस्ने ठाउँमा आगजनी गरेर अघि बढ्ने चेतावनी दिए । 

उनले प्रदेश ७ का सांसद बिक्री भएको  र भू–माफिया तथा वन माफिया एवं  तस्करको पक्षमा लागेको आरोप लगाए । 
मेयर वडले धनगढीमा राजधानी बनाउनका लागि राज्यको अरबौँ रुपैयाँ खर्च भइसेकेको र धनगढी उपमहानगरपालिकाले गर्नु पर्ने व्यवस्थापनका लागि तयार रहेको समेत बताए ।  

मंगलबार प्रदेशको नाम र राजधानी तोक्न गठित विशेष समितिको प्रतिवेदन प्रदेश सभाको बैठकमा पेश भएसँगै जनप्रतिनिधि र जनस्तरमा त्यसको आलोचना भएको हो । प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै अत्तरिया क्षेत्रमा पर्ने गोदावरी नगरपालिका–४ मा राख्न सिफारिस गरिएको छ । सांसद तारा तमाङ प्रदेशसभा बैठक प्रस्ताव पेश गरेसँगै स्थानीय आन्दोलित भएका छन् । 

प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा असन्तुष्ट धनगढीबासीले वुधबार   प्रदेशसभा भवन घेराउ गरेका छ । विहीबारदेखि अनिश्चितकालिन धनगढी बन्दको आह्वान समेत भएको छ । 

मेयरको भनाई जस्ताको त्यस्तै 
प्रदेश नम्बर ७ का सांसदहरु, मेरो विचारमा उहाँहरु विक्रि भइराख्नु भएको छ । प्रष्ट रुपमा भन्नुपर्छ । कसको पक्षमा भने, भू–माफियाको पक्षमा । र, वन माफिया र तस्करका पक्षमा उहाँहरु लागिराख्नु भएको छ । धनगढी उपमहानगरपालिकामा राजधानी स्थापना गर्नका लागि यो राज्यको अरबौँ रुपैँया खर्च भएको छ । र, धनगढी उपमहानगरपालिकाले जे व्यवस्थापन गर्नु पर्छ तयार छौँ, भन्दा भन्दै पनि अन्यत्र सार्ने उहाँहरु दुस्प्रयास गर्दै हुनुहुन्छ । त्यो दुस्प्रयासको हामी प्रदेशसभा लगायत धनगढी पुरै घेराउ गर्न तयार छौँ । यो धनगढी उपमहानगरमा उहाँहरुलाई के चिजको अभाव भयो ? र उहाँहरुलाई के चिजको समस्या भयो ? धनगढी उपमहानगरपालिकामा रहेर मन्त्रालय चलाउने, मन्त्री क्वार्टरहरुमा बस्ने, प्रदेश सभामा बस्ने, उहाँहरुलाई लाज लाग्नु पर्छ, अन्यत्र राजधानी सार्न । राजधानी धनगढी उपमहानगरपालिका भन्दा बाहिर गयो भने, धनगढीमा उहाँहरु बस्ने लगायतका ठाउँहरु र सबै क्षेत्रमा आगो लगाएर अगाडी बढ्न तयार छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ