सर्लाही । नेपाल प्रेस युनियन सर्लाहीको अध्यक्षमा कृष्ण थपलिया चयन भएका छन् । जिल्लाको छैंटौं अधिवेशनले अध्यक्षमा थपलियासहित उपाध्यक्षमा अनवर अहमद, महिला उपाध्यक्षमा पुष्पा थापा, कोषाध्यक्षमा घनश्याम बलम्पाकी, सचिवमा रामबाबु खड्का, सह सचिवमा सुस्मिता चौलागाई, सदस्यहरुमा संजु कर्ण, मुकेश झा, घनश्याम सिंह, स्वस्तिका दाहाल, विमला कुवर, उदय पाख्रिन, रोशनी गिरी, फेकन महतो, राकेश गुप्ता, दिपक साहशंकर र सुर्दशन रिजाल सहित १९ सदस्यीय समिति चयन गरेको हो ।
त्यस्तै अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा अजीत कुमार सिंह, अमन कोईराला, रोशन न्यौपाने, राजेश मिश्र, टंक क्षेत्री, ओम प्रकाश ठाकुर, कृष्णकुमार एस्माली, शान्ति ढुंगाना र प्रकाश मैनाल, वेनी बहादुर कार्की तथा प्रदेश प्रतिनिधीमा सोम दियाली, मनोज बखरेल, विनोद कुशवाहा सहित १२ जना चयन भएका छन् ।
युनियनका जिल्ला अध्यक्ष अजीतकुमार सिंहको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि संजय कार्कीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा युनियनका केन्द्रीय सदस्य रोशन न्यौपाने, पूर्व केन्द्रीय उपाध्यक्ष बेनबहादुर कार्की, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष विश्वनाथ ठाकुर, पूर्व जिल्ला अध्यक्ष कृष्णकुमार एस्माली लगायतको उपस्थिति रहेको थियो ।