arrow

तनावका बीच दक्षिण चीन सागरमा उड्यो अमेरिकी विमान 

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
south_china_sea.jpg

काठमाडौं । अमेरिका र चीनको बीचको सम्बन्ध थप कमजोर बन्नसक्ने देखिएको छ । अमेरिकी सेनाको बमवर्षक विमान बी–५२ दक्षिण चीन सागरको आसपासमा उडेसँगै उनीहरुको सम्बन्ध थप चिसिनसक्ने देखिएको हो । 

अमेरिकाको यस किसिमको कार्यमा चीनले आपत्ति जनाउनसक्ने अनुमान गरिएको छ । अमेरिकी सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल डेव इस्टबर्नले बी–५२ ने आफ्नो नियमित र योजनाबद्ध हिसाबमा बमवर्षक विमान दक्षिण चीन सागरको आसपासमा उडाइएको जानकारी दिए । 

अमेरिकाको लागि यो समान्य किसिमको उडान भए पनि यो चीनको लागि एक समस्या हुनसक्ने बताइएको छ । गत जुन महिनामा अमेरिकी वायु सेनाको विमान दक्षिण चीन सागरको नजिकैबाट उडेको थियो । त्यतिबेला चिनियाँ विदेशमन्त्रालयले यस विषयमा आपत्ति प्रकट गरेको थियो । 

दक्षिण चीन सागरको विवादित क्षेत्रमा सैन्य बल बढाउने विषयलाई लिएर अमेरिका र चीनको बीचमा प्रतिस्पर्धा चल्दै आएको छ । दक्षिण चीन सागर क्षेत्रमा भियतनाम, ताइवान, मलेसिया, ब्रुनाई र फिलिपिन्सले दाबी गर्दै आएका छन् । अमेरिकी अधिकारीले दक्षिण चीन सागरमा बमवर्षक विमान उडाउन अन्तर्राष्ट्रिय नियमले मान्यता दिने स्थानसम्म मात्र विमान उडाइएको दाबी गरेका छन् । 

हालसालै अमेरिका र चीनको बीचमा जारी रहेको तनावको बीचमा चीनले अमेरिकाको एक युद्धपोतलाई हङकङ जानबाट रोक लगाएको थियो । यसका रसियन फाइटर विमान र मिसाइल खरिद गरेको भन्दै चीनको सेनामाथि लगाइएको प्रतिबन्धको विरोधमा संयुक्त सैन्य अभ्यासमा पनि रोक लगाइएको थियो । (एजेन्सी) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ