arrow

भेनेजुयलाका नागरिकका लागि मादुरोसँग वार्ता गर्न तयार छु : ट्रम्प

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
donald-trump.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाले चाहेको खण्डमा राष्ट्रसंघमा भेनेजुयलाका राष्ट्रपनि निकोलास मादुरोसँग वार्ताको लागि तयार रहेको बताएका छन् । उनले भेनेजुयलाको सामाजिक–आर्थिक तथा राजनीतिक संकट सामाप्त गर्नका लागि सबै किसिमको विकल्प रहेको बताएका हुन् । 

ट्रम्पले भने, “म भेनेजुयलाका नागरिकहरुलाई सहयोग गर्न चाहन्छु ।” उनले भेनेजुयलाका नागरिकहरुको सुरक्षाको लागि प्रतिबद्ध रहेको बताए । अहिले भेनेजुयला गम्भीर आर्थिक संकटबाट अघि बढिरहेको छ । जसको कारण अत्यावश्यक सामग्रीहरुको अभाव देखिएको छ । भेनेजुयलाका नागरिकहरु अन्य मुलुकमा रोजगारीको लागि पलायन भइरहेका छन् । 

बुधबार न्युयोर्क पुगेपछि भेनेजुयलाका राष्ट्रपति मादुरोले ट्वीट गरेका थिए । उनले आफू न्युयोर्क आइपुगेको र राष्ट्रसंघमा आफ्नो आवाज उच्च राख्ने बताएका थिए । यद्यपि ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले डोनाल्ड ट्रम्प निकोलास मादुरोको बीचमा भेटको कुनै पनि औपचारिक कार्य    त्रकम नरहेको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ