दुईहप्ते युरोप भ्रमण सकेर वरिष्ठ नेता पौडेल स्वदेश फिर्ता
प्रकाशित २०७५ असोज ११ बिहिबार
599
Shares
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुईहप्ते लामो युरोप भ्रमण सकेर बिहिबार स्वदेश फर्किएका छन् । नेपाली जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा भाग लिएर बिहिबार बिहान १०:३० बजे उनि स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको आरोप लगाए । “निर्मला पन्तको हत्या भएको दुई महीनासम्म पनि दोषी पत्ता लगाउन नसक्नु, राजधानीमै पूर्वराजदूतको हत्या हुँदासमेत दोषीलाई पत्ता नलगाउनुले पनि सरकारले सुरक्षाको अनुभूति दिन नसकेको देखिन्छ,” उनले भने ।
उनले संशोधन हुन लागेको पार्टीको विधानमा जनसम्पर्क समितिलाई पार्टीको महाधिवेशनमा भाग दिन पाउने अधिकार कटौती गर्न नहुने बताए। “निर्वाचनमा समेत भोट दिन पाउनुपर्ने आवाज उठिरहेका बेला पार्टीको विधानमा भोट दिन पाउने अधिकारलाई कटौती गर्न हुँदैन,” उाले भने ।
नेता पौडेलले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन जुन तरिकाले हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै निर्वाचन नगरेर तदर्थ समिति गठन गरे आफूलाई मान्य नहुने स्पष्ट पारे। रासस