arrow

भारतमा परपुरुषसँगको सम्बन्ध जायज  

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
supreme-court_india.jpg

काठमाडौं । भारतको सर्वोच्च अदालतले महिलाले पतिबाहेक तेस्रो व्यक्तिसँग राखेको सम्बन्धलाई अपराधको श्रेणीबाट हटाउने फैसला सुनाएको छ । यसअघि विवाहपछि तेस्रो व्यक्तिसँगको सम्बन्धलाई अवैध मानिँदै आएकोमो विहीबार कानुनी मान्यता दिने फैसला सुनाइएको हो । 

अदालतले यद्यपि यस किसिमको सम्बन्धमा सम्बन्धविच्छेदको अधिकार रहने बताइएको छ । फैसला सुनाउँदै अदालतले पति महिलाको मालिक हुन नसक्ने तर कसैलाई पनि यौनको छनोटबाट भने रोक्न नसकिने बताएको हो ।
 
साथै यसअघिको पतिसँग मात्र यौन सम्बन्ध राख्न पाउने व्यवस्था महिला अधिकारको विरुद्धमा रहेको भन्दै यस किसिमको फैसला सुनाइएको हो । 

अदालतले तेस्रो व्यक्तिसँग यौन सम्बन्ध राख्नु कुनै अपराध नरहेको तर यदि पतिले कुनै गुनासो गरेको खण्डमा उनीहरुले सम्बन्ध विच्छेद लिनसक्ने बताइएको छ । 

न्यायधीशहरुले महिलाहरुलाई यौन सम्बन्धबाट वञ्चित गर्नुले उनीहरुको अधिकारमा ठेस पुगेको बताएका छन् । चीन, जापान र अष्ट्रेलियाजस्ता मुलुकहरुमा पनि विवाहपछि तेस्रो व्यक्तिसँग यौन सम्बन्ध राख्नु अपराध मानिँदैन । 

यसअघि अगष्टमा भएको सुनुवाईपछि सर्वोच्च अदालतले यस किसिमको फैसलाको निर्णय गरेको हो । अदालतमा केन्द्र सरकारले विवाहपछिको तेस्रो व्यक्तिसँगको सम्बन्ध अपराध रहेको र यसले परिवारका साथै विवाहलाई नष्ट गर्ने तर्क राखेको थियो । 
अमेरिकाको पनि २१ राज्यहरुमा विवाहपछि तेस्रो व्यक्तिसँग यौन सम्बन्ध राख्नुलाई अवैध मानिन्छ  । 

यद्यपि विवाहित महिलाले कुनै पुरुषसँग सम्बन्ध राखेको खण्डमा पुरुष भने दोषी हुने बताइएको छ । आफ्नी पत्नीले परपुरुषसँग सम्बन्ध राखेको पाइएमा पतिले उक्त पुरुषमाथि मुद्दा दायर गर्न सक्ने बताइएको छ । यो नियम पुरुषहरुको मालिमा भेदभावपूर्ण रहेको अधिकारकर्मीहरुले बताएका छन् । (एजेन्सी)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ