arrow

'कू' काे हल्ला निराधार : माल्दिभ्स सेना

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
maldives.jpg

काठमाडौं । माल्दिभ्सको सेना प्रमुखले मुलुकमा ‘कू’ गर्ने हल्लाको खण्डन गरेका छन् । यसअघि निवर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनले सत्तामा रहनका लागि सेनाको प्रयोग गर्नसक्ने आशंका भइरहेको अवस्थामा माल्दिभ्सको सेनाले यस्तो बताएको हो । 

माल्दिभ्सका सेना प्रमुखले मानिसहरुको चाहनाको सम्मान गरिने बताए । यसअघि माल्दिभ्सको निर्वाचन निष्पक्ष हुनेमा आशंका भएको थियो । आइतबार भएको निर्वाचनमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले जित हासिल गरेका थिए । 

आइतबार माल्दिभ्सको निर्वाचनमा औपचारिकरुपमा निर्वाचनको परिणाम घोषणा भएसँगै पाँच वर्षको कार्यकाल सकिएसँगै यामिनले १७ नोभेम्बरमा आफ्नो सत्ता सुम्पिने छन् । 

यद्यपि सामाजिक सञ्जाल तथा अन्य विभिन्न हल्लाहरुमा यामिनले सत्तामा राहिरहनका लागि सेनाको प्रयोग गर्नसक्ने आशंका गरिएको थियो । यामिनले निर्वाचनमा धाँदली भएको मुद्दा पनि निर्वाचन आयोगमा दायर गरेको समाचार आएको थियो । यस्तो अवस्थामा सेनाका प्रमुखले जनताहरुले आफ्नो मत दिइसकेको र अब त्यसको सम्मान गर्नुपर्ने बताएका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ