बारा । बारामा बिहिबार दिउँसो भएको सडक दुर्घटनामा परी एक बालकको भएको छ भने एक जना महिला घाइते भएकी छिन् । वीरगंज पथलैया सडक खण्ड अन्तर्गत बाराको जितपुरमा दिउँसो करीब साढे तीन बजे ट्रकले स्कूटरलाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको हो ।
ना ४ ख १०९८ नम्बरको ट्रकले ना २३ प ५७२४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैयाका १२ वर्षीय बालक प्रवीण प्रसाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
स्कूटर चालक पथलैयाकी करीब २८ वर्षीय कविता प्रसाई घाइते भएकी छिन । घाइतेलाई उपचारको लागि वीरगंज लगिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।