arrow

'नेताको अकुत सम्पति छानविन नगरिए आन्दोलन'

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
corruption-cartoon.jpeg

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले हालसम्मका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, वकिल, न्यायाधीश, प्रशासक, ठूला पत्रकारलगायतको स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
 
बिहीबार रिपोर्टर्स क्लब नेपालमा अभियान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिवक्तासमेत रहेका संयोजक नेपालले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,‘राज्यको तर्फबाट राजनीतिककर्मीहरुले प्राप्त गरेको सेवासुविधा नामका सम्पूर्ण रकम फिर्ता गरी राज्यकोषमा दाखिला गर्न जोडदार माग गर्दछु, स्रोत नखुलेको सम्पूर्ण सम्पति राष्ट्रियकरण गरिने हो भने १० वर्षको वजेट बन्ने प्रक्षपण हामीले गरेका छौं, चार वर्षदेखि निरन्तर यसका बारेमा हामीले अध्ययन अनुसन्धान गर्दै आईरहेका छौं, सरकारले हाम्रा मागहरु सम्बोधन गर्ने काम गरेन भने हामीले सामाजिक आन्दोलनको लागि आग्रह गर्नेछौं ।’

यही असोज १६ गते नेपालको मध्यविन्दु नवलपरासीबाट सूरु गरिने राष्ट्रिय अभियानमा सबैलाई साथ दिन आग्रह गर्दै संयोजक नेपालले भने,‘संविधान सभाको पहिलो, दोस्रो र स्थानीय तहको निर्वाचनमा नेपालका ७३ जिल्लामा पुगेर जनताको भावना र कस्तो संविधान बन्नुपथ्र्यो भन्ने आवाज सुनेको एक्लो व्यक्ति म हुँ, जनताले चाहेको प्रधानमन्त्री र मन्त्री बन्ने व्यवस्थाको लागि हामी निस्किएका हांै, मध्यविन्दुमा पुगेर माटोको टिका लगाएर अकुत सम्पति राष्ट्रियकरणका अभियान सञ्चालन गर्दैछौं ।’

सांसद किनबेच हुने प्रक्रियाको अन्त्य गर्दै जनताले प्रत्यक्ष मत दिएर मन्त्री, प्रधानमनन्त्री, राष्ट्रपति छान्ने व्यवस्था नभएसम्म विदेशीको ईशारामा सरकार ढल्ने र बन्ने जिकिर गर्दै संयोजक नेपालले भने,‘हाम्रो देशमा जनताको चाहना र भावनाअनूसार सरकार बन्दैन तबसम्म बिदेशी हस्तक्षेप जारी रहन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ