सम्मानित हुने ईन्सपेक्टरले गरे स्याङ्जामा यस्ता काम
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असोज ११ बिहिबार
665
Shares
स्याङ्जा । देशमा पछिल्लो समय बलात्कारदेखि हत्याका घट्नाहरु श्रृखलाबद्ध रुपमा घटी रहेका छन् । गृहको शान्तिसुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी कंचनपुर निर्मला पन्तको बलात्कारपछि हत्याको घट्नाले सिंगो प्रहरी संगठनलाई धमिलो बनाएको छ । यस्ता घट्नाले प्रहरी संगठनको मनोवल घट्ने होकी भन्ने चिन्ता चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक प्रहरी निरिक्षकलाई पुरस्कृत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतमा रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शंकर आचार्यलाई विभागीय नीति निर्देशन अनुरुप दिएको जिम्मेवारी प्रहरी संगठन प्रति निरन्तर, निष्ठावान रही पूर्णतया आफ्नो पदिय दायीत्व बमोजिम इमान्दारी तथा बफादारीका साथ कर्तव्यनिष्ठ भई अत्यन्तै उत्कृष्ट रुपमा कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।
जिम्मेवारी वडा कार्यालय एरियामा शान्ति सुरक्षा, अपराध नियन्त्रण रोकथाम तथा काम कारबाही कार्यमा अहम भुमिका निर्वाह गरि उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले आचार्यलाई प्रहरी नियमावली २०७१ (सशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय(ख) बमोजिम निजको कार्य सम्पादनको कदर स्वरुप अभिलेख रहने गरी नगद पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।
प्रहरी निरिक्षक आचार्य वालिङमा आएको छोटो अवधिमा फरार अभियुक्त र पुराना मुद्धा अनुसन्धान गरी सफलतापुर्वक काम गरेकोले आचार्यलाई पुरस्कृत गरेको प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए ।
यस्ता प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन गर्दा प्रहरीको मनोवल बढ्छ प्रमुख सापकोटाले भने, “कामकारवाहिको मुल्याङ्कन हेरेर पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्छ र प्रहरी कारवाहिमा अझ प्रभावकारीता आउने छ ।” प्रहरी शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने जिम्मेवारी निकाय भएकाले यस्ता क्रियाकलापमा सक्रिय भुमिका खेल्ने प्रहरीलाई सम्मान र पुरस्कृत गर्दा मनोवल बढ्ने विश्वास हाम्रो हो सापकोटाले भने ।
आचार्यले वालिङ वडा प्रहरी कार्यालयको प्रमुख भएर आएपछि लागुऔषधको ट्रान्जिट प्वाईन्टमा रहको वालिङलाई लागुऔषध निरुत्साही पार्न रणनीतिक योजना सहित कार्य सम्पादनमा उत्कृष्ट भुमिका खेलेका छन् । उनले लागु औषध देखि फरार अभियुक्त र पुराना मुद्धाका विषयमा आफ्नो कार्य क्षमतालाई अब्बल ठान्दै धमाधम पक्राउ गर्ने काम गरेका छन् ।
आचार्यले २०७५ साउन ११ गते वालिङ ६ मिर्दिबाट कास्की मादी गाँउपालिका ३ बस्ने बर्ष २८ को श्रीलाल विक र पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने अर्जुन विक, ०७५ साउन २२ गते वालिङ ८ मोडबाट पोखरा लेखनाथ महानगरपालिका २९ बस्ने बर्ष २० को कृष्ण परियार लागुऔषध सहित पक्राउ गरी कारवाहि गरेका छन् ।
आचार्यको अर्को सफलता २०६३ साल चैत्र ३० गते साविकको मालुङ्गा गाविस र हाल गल्याङ नगरपालिका १ सिद्धार्थ राजमार्गको छेउमा ग १ ज ३९६० नम्वरको ट्याक्सी चालक पोखरा लेखनाथ महानगरपालिका २९ का बर्ष १८ को सुजन गुरुङलाई हत्या गरी फरार रहेका प्रतिवादी जिल्ला गुल्मी कालीगण्डकी गाँउपालिका ५ बस्ने बर्ष ३५ का गोपाल भन्ने गोविन्द थापालाई खोजतलास गर्दै जाँदा तनहुँको भानु नगरपालिका १ बाट साउन ११ गते पक्राउ गरी जिल्ला अदालत पेश गरि पुर्पक्षका लागि कारगार चलान गरिदिएका छन् । लामो समय सम्म रहेका मुद्धालाई आचार्यले अनुसन्धान प्रक्रिया अगाडी बढाएपछि फरा अभियुक्तहरु पक्राउ भएपछि पिडितहरुले समेत न्याय पाएको अनुभुति गरेका छन् ।
यता प्रहरी निरिक्षक आचार्यले २०७४ साल जेष्ठ १९ गते रातको समयमा भीरकोट ६ स्थित स्थानीय रामप्रसाद भुषालको ग १ क ३१८१ नम्वरको एक्साभेटरमा आगोलगाई पुर्ण क्षती बनाई फरार कास्की पोखरा लेखनाथ महानगरपालिका २९ बस्ने बर्ष २९ को विजय तिमिल्सिनालाई खोजतलासको क्रममा मुस्ताङ्को घ्रमि भन्ने स्थानबाट ०७५ भदौ २७ गते पक्राउ गरी कानुन बमोजिम कारवाहि प्रक्रिया अगाडी बढाएका छन् । यो अभियुक्र प्रक्राउ परेपछि व्यवसायीहरुले पनि न्यायको अनुभुती गरेका छन् ।