arrow

अर्घाखाँचीमा ट्याक्टर पल्टिदा भुसालको मृत्यु

logo
घनश्याम पौडेल,
प्रकाशित २०७५ असोज ११ बिहिबार
tactor.jpg

अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनाबाट भुमिकास्थान नगरपालिका वडा नं ४ धारापानी बस्ने २१ बर्षीय हुमा भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

खेत जोत्न जान लागेको ट्याक्टर ओरालो बाटोको भीत्तामा  ठोक्किदा दुर्घटना भएको हो ।  ट्याक्टरमा चालक र भुसालसँगै भएको र दुर्घटना पछि घाईते भएका भुसालको जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकलार्इ सामान्य चोटपटक लागेको र उनलार्इ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको धारापानी प्रहरी चौकीका ईन्चार्ज सूर्य बिकले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ