arrow

रक्षक नै भक्षक, जबर्जस्ती करणीको आरोपमा दुई प्रहरी निलम्वित

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
nepal-police-Fn.png.png

सङ्खुवासभा । जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । 

उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप छ ।

प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ