arrow

अमेरिकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश फसे यौन आरोपमा, ३६ वर्षअघिको घटना ताजै 

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
brett-kavanaugh-christine-blasey.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन मामला आरोपको जोडदार बचाउ गरेका छन् । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ब्रेट काभानाघमाथि लागेको यौन आरोपको ट्रम्पले बचाउ गरेका हुन् ।  

सिनेटको न्यायिक समितिमा बोल्दै ब्रेटले सुनुवाइ प्रक्रियामा भएका गतिविधिले आफुलाई अपमानित गरेको टिप्पणी समेत गरेका छन् । ब्रेटले डेमोक्रेटिक सिनेटरहरुले राजनीतिक कारणले प्रेरित भइ आफ्नो परिवार र प्रसिद्धिको बर्वादी गर्न खोजेको आरोप समेत लगाएका छन् ।

आफुमाथि यौन हमला भएको जिकिर गरेकी क्रिस्टिन ब्लैसीले भने ३६ बर्ष अघिको घटनाले आफ्नो जीवनलाई नराम्ररी प्रभावित गरेको बताएकी छिन् ।

स्कुले जीवनमा ब्रैटले आफुमाथि यौन हमला गरेको क्रिस्टिनले आरोप लगाएकी छिन् । नागरिक कर्तव्य निभाउनका लागि घटना भएको यत्तिका बर्षपछि यो विषयलाई उठाएको उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले भने ब्रेटको पक्षमा सिनेटले मतदान गर्नै पर्ने बताएका छन् । नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतले अमेरिकी राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।

अमेरिकी समाजमा प्रभाव पार्ने गर्भपतन र सरकारी नीति जस्ता विवादास्पद विषयमा सर्वोच्च अदालतका फैसला महत्वपूर्ण हुने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ