arrow

न्युयोर्कमा सार्क बैठक : भारतको वेवास्ता, पाकिस्तानको आपत्ति

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
saarc.jpg

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मिटिङमा भारत र पाकिस्तानको बीचमा तनाव देखिएको छ । 

विदेशमन्त्री स्तरको यो बैठकमा भाग लिन पुगेकी भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो भाषण सकिएपछि बैठकबाट बाहिरिएकी थिइन् । यस विषयमा पाकिस्तानी विदेशमन्त्री महमुद कुरैशीले आपत्ति जनाएका थिए । 

यो बैठक संयुक्त राष्ट्रसंघको बैठकको सिलसिलामा यो बैठक बसेको थियो । यो बैठकमा सार्क मुलुकहरुमा विदेशमन्त्रीहरुको सहभागिता रहेको थियो । भारतीय विदेशमन्त्री भने यो बैठकमा आफुनो भाषण सकेर बाहिरिएकी थिइन् । भारतीय विदेशमन्त्रीपछि पाकिस्तानी विदेशमन्त्रीको बोल्ने कार्यक्रम रहेको थियो । 

सुषमा स्वराज बैठकबाट बाहिरिएसँगै पाकिस्तानी विदेशमन्त्रीले त्यसमा आपत्ति जनाएका थिए । यद्यपि भारतीय विदेश सचिव भने सो बैठकमा बसिरहेका थिए । पाकिस्तानी विदेशमन्त्रीले भने, “हामी यो संगठनबाट केही चाहन्छौं भने यसबाट अघि बढ्नु जरुरी हुन्छ तर यो कस्तो तरिका हो ?” 

उनले भारतलाई इंकित गर्दै सार्कको बाधा कुनै एक मुलुकको रवैया रहेको बताए । उनले सुषमा स्वराजलाई संकेत गर्दै भनेृ, “उहाँको स्वास्थ्य अवस्था ठिक थिएन होला त्यसैले जानुभयो, उहाँले क्षेत्रीय संहयोगको कुरा गर्नुभयो । जब हामी एकअर्काको कुरा नै सुन्दैनौं भने क्षेत्रीय सहयोग कसरी सम्भव छ ?” 

स्रोतले दिएको जानकारीअनुसार भारतीय विदेशमन्त्रीले बैठकमा आतंकवाद समाप्त गर्नका लागि सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिएकी थिइनु् । उनले अहिले सार्कका मानिसहरुलाई आर्थिक विकास, प्रगति र क्षेत्रीय सहयोगका लागि शान्ति र सुरक्षा निकै आवश्यक रहेको कताएकी थिइन् । 

भारत र पाकिस्तानको बीचमा देखिएको विवादको कारण सार्क सम्मेलन लामो समयदेखि सार्क सम्मेलन हुन सकेको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ