विश्व मञ्चमा ओलीको हारगुहार : ‘समृद्ध नेपाल सुखी नेपाली’ आफ्नो नारा साकार पादिर्नुपर्यो’
प्रकाशित २०७५ असोज १२ शुक्रबार
354
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को आफ्नो नारा साकार पार्ने अभियानमा सहयोग गरिदिन विश्व समुदायलाई अनुरोध गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कठिन यात्रापछि नेपाल आत्मविश्वासी राष्ट्रको रुपमा उदाएको, दीगो राजनीतिक उपलब्धी हासिल भएको र आर्थिक रुपान्तरणमा अग्रसर भएको चर्चा गर्दै, ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार पार्न विश्व समुदायसँग गुहार मागेका हुन् । प्राकृतिक श्रोत उपयोग र उच्चतम जनशक्ति परिचालनबाट आफुहरुले समृद्धि हासिल गर्ने भए पनि त्यसमा अन्तर्राष्ट्रिय सद्भाव, सहयोग र सहकार्यको अपेक्षा गरेको उनको भनाइ थियो ।
राष्ट्रसंघको मर्म नै कसैलाई पछाडी नछाड्ने हो भन्दै ओलीले, दीगो विकासको २०३० अजेण्डा लागि भइरहेको प्रयास ज्यादै अपर्याप्त भएको जिकिर समेत गरे । २०३० अजेण्डा सफल र असफल हुने विषय अब वास्तवमै अतिकम विकसित मुलुक लडाईंको मैदान बन्ने दाबी गरे ।
अतिकम विकसित मुलुकमाथि भइरहेको अन्तर्राष्ट्रिय सहयोगले कुनै प्रभाव नपारेको दाबी गरेका ओलीले सहयोगका विश्व समुदायले गरेका सहमति आफुहरुको अपेक्षाभन्दा धेरै पर रहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।