arrow

अफ्रिकाको लागि चीनको सहयोग 'अमिलो अंगुर'

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
chinese_debt.jpg

अफ्रिकन मुलुकहरुमा पछिल्लो समय विस्तारै चीनको ऋणले केही सहयोगहरु मिलेको देखिन्छ । केही विश्लेषकहरुले भने चीनको यस किसिमको ऋणले आगामी दिनमा अफ्रिका चीनको कब्जामा पुग्नसक्ने भन्दै आशंका व्यक्त गरिरहेका छन् । 

युगाण्डाको इन्टेबे–काम्पाला एक्सप्रेस वे अहिले केही पर्यटकहरुको लागि आकर्षणको विषय बन्न पुगेको छ । यो सडक खुलेको तीन महिना पूरा भइसक्दा पनि यो सडकको विषयमा चासो राख्ने मानिसहरुको संख्या उल्लेख्य रहँदै आएको छ । ५१ किलोमिटरको यो सडकले मुलुकको राजधानी सहरदेखि इन्टेब अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्नेछ । यो सडक चिनियाँ कम्पनीले ४७ करोड ६० लाख डलरबराबरको रकम ऋण दिएको थियो । 

यो सडक निर्माण भएसँगै अहिले ट्राफिक जामको समस्याको कारण दुई घण्टा लाग्ने सो बाटो केवल ४५ मिनेटमा पुग्न सकिन्छ । युगाण्डाले चीनबाट तीन अर्ब अमेरिकी डलर ऋण लिएको छ । अहिले चीनबाट लिइएको ऋण अत्यधिक मात्रामा रहेको विश्लेषकहरु बताउँछन् । विशेषगरी चिनियाँ निर्माण कम्पनीहरुले अफ्रिकाको रेल, रोड, विद्युतीय बाँध, स्टेडियम तथा व्यावसायिक भवनहरु निर्माणको क्षेत्रमा पनि व्यापक लगानी गरिरहेका छन् । 

धेरै अफ्रिकी मुलुकहरुमा चिनियाँ लगानी आउनुले भने जोखिम बढाएको छ । यसले आगामी दिनमा अफ्रिकी मुलुकहरुले चीनको ऋण तिर्न नसक्ने जोखिम बढाएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत अप्रिल महिनामा सार्वजनिक गरेको विवरणमा अफ्रिकाका कमजोर आय भएका ४० प्रतिशत मुलुकहरु अत्यधिक ऋणको कारण उच्च जोखिममा रहेको भन्दै चेतावनी दिएका थियो । 
सन् २०१७ को अन्तिम समयसम्मको विवरणलाई हेर्ने हो भने अफ्रिकी मुलुकहरु चाद, एरिट्रिया, मोजाम्बिक, कंगो गणतन्त्र, दक्षिण सुडान र जिम्बावेमा ऋणको दबाब अत्यधिक रहेको देखिएको हो । जबकी जाम्बिया र इथियोपियाको ऋण निकै जोखिमयुक्त अवस्थामा रहेको देखिएको हो ।  सन् २०१७ मा मात्र चिनियाँ सम्झौतामा आधारित रहेका अफ्रिकी प्रोजेक्टहरु ७५ अर्ब ५० करोड रहेको थियो । केही विश्लेषकहरुले अफ्रिकी मुलुकहरुमा देखिएको अत्यधिक ऋणको भार देखिएको भए पनि अगाामी दिनमा यो समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

चिनियाँ मोडल अफ्रिकाको विकासको लागि निकै महत्वपूर्ण रहेको अफ्रिकन विकास बैंकका प्रमुख एकिन्वोमी अदेसिनाले बताए । उनले धेरै मानिसहरु चीनको ऋणबाट डराएको तर आफूलाई भने त्यस्तो केही नलागेको बताए । चीन अहिले अफ्रिकामा सबैभन्दा ठुलो द्विपक्षीय संरचना निर्माण गरिरहेको मुलुक हो । एडीबी, युरोपियन कमिसन, युरोपियन इन्भेस्टमेन्ट बैंक, अन्तर्राष्ट्रिय कर्पोरेसन, विश्व बैंकलाई पछि पार्दै अफ्रिकामा लगानीको हिसाबमा सबैभन्दा अगाडि देखिएको हो । 

चीन – एक विजेता मुलुक 

अफ्रिकाको हिसाबमा भने हेर्ने हो भने चीनको मोडल सफल भएको देखिन्छ । अफ्रिकाका सबंैजसो मुलुकहरुमा चीनको पैसाको प्रभाव देखिन्छ । अफ्रिकी मुलुकहरुमा विमानस्थलदेखि लिएर सडक तथा भवन निर्माणमा चीनको अत्यधिक लगानी रहेको कारण उसले निकै महत्वपूर्ण रोजगारी अत्यधिक रहेको देखिएको बताइएको छ । विश्लेषकहरुले बताएअनुसार सन् २०१२ यता चीनले अफ्रिकामा गरिएको लगानी तेब्बर भइसकेको छ । सन् २०१५ र २०१६ को बीचमा चीनले एन्गोलामा मात्र १९ अर्ब डलरको लगानी गरेको थियो । विश्लेषकहरुले एन्गोला र जाम्बिया अफ्रिकामा चीनको लागि सबैभन्दा असन्तुलित सम्बन्ध रहेका मुलुकहरु रहेको बताएका छन् । 

एन्गोलाको हकमा भन्ने हो भने सरकारले चीनलाई व्यापक मात्रामा तेल चीनलाई आपूर्ति गरिरहेको छ । जसको बदलामा ठुला संरचना निर्माणको क्षेत्रमा चीनले सहयोग गरिरहेको छ । यद्यपि चिनियाँ निजी लगानीकर्ताहरुको लगानी भने अन्य मुलुकहरुको तुलनामा केही कमजोर रहेको छ । 

 चीनको आर्थिक सहयोगको कारण अफ्रिकाको व्यपारमा पनि सुधार आएको छ । अधिकारीहरु केही मामिलामा हेर्ने हो भने चीनसँगको अफ्रिकाको सम्बन्ध दुवै पक्षले जित्ने किसिमको रहेको बताउँछन् । यसले सन् २०२५ सम्मको अवधिमा चिनियाँ कम्पनीहरुको लागि अफ्रिकाको राजस्व चार खर्ब ४० अर्ब डलरमा पुग्नसक्ने अनुमान गरिएको छ । 

‘अमिलो अंगुर’ 

चीनसँग विदेशी भ्रष्टाचारको अभ्यासको विषयमा अमेरिकाको जस्तो कुनै नियम छैन । साथै अन्य पश्चिमा मुलुकहरुको जस्तो कुनै पनि व्यवस्था छैन । नोबेल पुरस्कार विजेता अर्थविद् जोसेफ स्टिग्लिजले अफ्रिकाको लागि चीनको काम ‘अमिलो अंगुर’ साबित हुने बताएका छन् । 

चीनले ल्याएको हरेक योजनाहरुको विषयमा मूल्यांकन गर्दै फिर्ता हुने दर कति छ भन्ने कुराको ख्याल गर्नुपर्ने उनको भनाइ छ । चीनको सबैभन्दा ठुलो समस्या कुनै पनि योजनामा अपारदर्शी रहनु रहेकोमा अफ्रिकी मुलुकहरु यसबाट सचेत हुनुपर्ने बताइएको छ । 

अफ्रिकाको गरिबी, कमजोरी र नियमन व्यवस्थाको कमजोर पक्षको फाइदा उठाउँदै चीनले अफ्रिकामा लगानी बढाइरहेको विश्लेषकहरुले बताएका छन् । सन् २०१५ मा चिनियाँ योजनाको विषयमा अध्ययन गरेका अनुसन्धानकर्ताहरुले चीनको यो योजनाहरुमा अफ्रिकी मुलुकहरुलाई थप रकम तिर्नुपर्ने अवस्था आउनसक्ने बताएका थिए । उनीहरुले बढ्दो क्रममा रहेको उपभोक्ता मूल्य र खपतको क्षमता कमजोर बन्दै गएको अवस्थामा चीनको लगानी यो क्षेत्रका लागि बोझ हुनसक्ने बताएका हुन् । 

केही समयअघि भएको चीन–अफ्रिका सम्मेलनको क्रममा बेइजिङमा अध्ययनकर्ताहरुले योजनाहरुको अधययन गर्दा चीनको ऋण अफ्रिकाको लागि भारी बन्दै गएको बताएका थिए । सो सम्मेलनको क्रममा चीनले थप ३५ अर्ब डलरको लगानी अफ्रिकामा गरिने बताएको थियो । सन् २०१४ यता चीनसँग अफ्रिकाको व्यापारघाटा पनि अत्यधिक रहेको देखिएको छ । केवल पाँच अफ्रिकी मुलुकहरुले चीनसँगको व्यापारमा नाफा गरेका छन् । 

चीन अहिले आफ्नो निर्यातमुखी सामग्रीहरुको व्यापारमा विस्तारको लागि अफ्रिकालाई प्रयोगको हतियार बनाउने दिशामा अघि बढेको देखिन्छ । अहिले भने कमजोर अफ्रिकी मुलुकहरुमा चीनले आफ्नो सेवाको व्यापार गरिरहेको छ । गत महिना सार्वजनिक गरिएको एक विवरणमा चीनको बिल अफ्रिकाको लागि निकै रहेको एक विवरण सार्वजनिक भएको थियो । 

त्यसका साथै चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको योजनालाई पनि सहयोग पुग्ने बताइएको थियो । जसले ६० मुलुकहरुलाई जोड्नेछ । अहिले तत्कालका लागि युगाण्डाले चीनबाट राम्रो सहयोग पाइरहेको छ तर आगामी दिनमा उसको लागि चीनको ऋण निकै महँगो पर्नसक्ने देखिन्छ । (बीबीसीबाट भावानुवादित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ