arrow

विकल्प होइन, विवेकशील साझा अबको निर्वाचनमा निर्विकल्प: रवीन्द्र मिश्र

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
bibekshil2.jpg

काठमाडौं ।  विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीले संगठन निर्माण गर्दै आउने निर्वाचनमा विवेकशील साझा निर्विकल्प बनाउन पर्ने कुरा राखेका छन् । विवेकशील साझाले काठमाडौँ, भक्तपुर र ललितपुरका संगठनका प्रतिनिधिलाई प्रशिक्षण र संगठन निर्माणको तालिममा  उनले विवेकशील नेतृत्वमा हुन पर्ने गुण बारे समेत पार्टीका नेताहरुलाई बताएका हुन् ।

पार्टीको उद्घाटन सत्रमा बोल्दै पार्टीका संयोजक उज्वल थापाले अब देशमा ३६ हजार १ सय ३५ जना इमान भएका र ढंग भएका नेतृत्व प्रत्येक वडादेखि सदनसम्म चाहिएको र विवेकशील साझा पार्टीको अबको काम टोल टोलबाट ती नेतृत्व खोज्ने भएको कुरा बताए।


कार्यक्रममा प्रदेश ३ की संयोजक समिक्षा बास्कोटाले समेत मन्तब्य राख्दै अब प्रदेश ३ मा विवेकशील साझालाई झन् स्थापित बनाउने बताइन्।

विवेकशील साझा पार्टीले २०७५ साललाई पार्टीको संगठन विस्तार वर्ष मनाउने घोषण गरेको छ ।  पार्टी अब अर्को हप्ताबाट देश दौडाहमा देशको सातै प्रदेश जाने भएको छ ।

यसै दौरान पार्टीले गत महिनाको ३० गते अनि ३१ गते राष्ट्रिय उत्प्रेरकको भेला गरेको थियो। उक्त भेलाबाटै आगामी ३ महिना विवेकशील साझाले पार्टीको सम्पूर्ण शक्ति विशेष संगठन विस्तारमा लगाउने उद्धघोष गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ