arrow

चीन–पाकिस्तान आर्थिक कोरिडोरमा साउदीको साथ, तीन योजनामा लगानी गर्ने 

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार

काठमाडौं । चीन–पाकिस्तान आर्थिक कोरिडोरमा साउदी अरेबियाले सहयोग गर्ने भएको छ । साउदी अरेबियाले तीन अनुदान सम्झौतामा हस्ताक्षर गरेको हो । यो सम्झौतामा आधारित रहेर रोड इन्फ्रास्ट्रक्चर र इनर्जी प्रोजेक्ट्सको काममा उसले लगानी गर्नेछ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरेयिबा भ्रमणको क्रममा यस विषयमा भएको वार्ताअनुसार नै यस किसिमको योजना आएको हो । यो सम्झौतामा साउदी अरेबियाका राजदूत तथा पाकिस्तानी अर्थमन्त्रालयका अधिकारीले हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरपछि पाकिस्तानी सूचनामन्त्रीले यो सम्झौता दुई मुलुकबीचको सम्बन्धमा थप सुधारको आधारशिला रहेको बताए । 

त्यसका साथै पाकिस्तान र साउदी अरेबियाको बीचमा अर्को एक महत्वपर्ण वार्ता पनि हुनसक्ने बताइएको छ । पाकिस्तानी सूचनामन्त्रीका अनुसार प्रधानमन्त्री खानको साउदी अरेबियाको भ्रमणको क्रममा मोहम्मद बिन सलमानसहितका केही साउदी नेताहरुसँग यो सम्झौता भएको थियो । दुई दिनमै उनीहरुको बीचमा सम्झौता भएको थियो । 

यस किसिमको वार्ताको लागि दुई मुलुकहरुको बीचमा लामो समय लाग्ने गर्छ तर पाकिस्तान र साउदीको बीचमा भने छोटो समयमा नै यो सम्झौता भएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ