arrow

भारतीयमन्त्री प्रधानसँगको भेटमा गृहमन्त्री बादलले के भने ?

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
petrol-ministewr.jpg

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धीमन्त्री धर्मेन्द्र प्रधानसँगको भेटमा नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधीन परियोजना छिट्टै सम्पन्न गर्न उनको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री थापाले आगामी दिनमा समेत भारतीय सहयोगको निरन्तरताका लागि आग्रह गरे।

भारतीयमन्त्री प्रधानले दुई देशको सहकार्यमा निर्माण भइरहेको पेट्रोलियम पदार्थसम्बन्धी परियोजना दुवै देशका लागि फाइदाजनक रहेको टिप्पणी गरे ।

भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ