arrow

कम्युनिष्टहरुबाट मुलुक समृद्ध हुनसक्दैन : वरिष्ठ नेता पौडेल

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज १२ शुक्रबार
congress-pradesh-pro.jpg

वीरगन्ज । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले कम्युनिष्टहरुबाट नेपालको विकास र नेपाली समृद्धी हुन नसक्ने धारणा व्यक्त गरेका छन् । उनले नेपालमा सबै राजनीतिक परिर्वतन कांग्रेस कै नेतृत्वमा भएकाले समृद्धीपनि कांग्रेस कै नेतृत्वमा हुने ठोकुवा गरे।

नेपाली कांग्रेस केन्द्रिय विधान संशोधन समितिले शुक्रबार वीरगन्जमा आयोजना गरेको  प्रदेश स्तरिय सुझाव संकलन भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको चाहनालाई दुई तिहाई बहुमत प्राप्त कम्युनिट सकरारले पुरा गर्न नसक्ने दावी  गर्दै उनले मुलुकमा काम गर्ने वातावरण र सहज परिस्थिती भएपनि वर्तमान सकरारले समृद्धी हासिल गर्ने हालसम्म केही नगरेको आरोप लगाए ।

 समारोहलाई सम्बाधन गर्दै नेता पौडलले “नाच नजाने अंगन डेढा” उखान जस्तै वर्तमान सरकारलाई काम गर्न नआएपछि काम गर्न प्रतिपक्षले अवरोध गरेको बहाना बनाई रहेको बताए। उनले मुलुकको सबै परिवर्तन कांग्रेसले गरेको र दुई तिहाइको सरकारले केही गर्न नसकेको जनताले देखेपछि नेपाली जनता पुनः कांग्रेसको आसामै बसेकाले आउने निवाचनमा  कांग्रेस बुहमतले सरकार बनाउने दावी गरे।

नेता पौडेलले मधेसवादी दलहरु सत्ता प्राप्तीका लागि मात्र ठुलठुला आन्दोलन गरेको आरोप लगाए। उनले मधेसी,आदीवासी जनतजातीलाई अधिकारबाट बन्चित राख्ने दलसंग सत्तामा सहभागि भएपछि अधिकारका लागि नभई सत्ताका लागि आन्दोलन गरेको आमजनताले बुझी सकेको प्रस्ट पारे।  मधेसी, आदिवासी,जनजाती, महिला,मुस्लिम सबैको अधिकारका लागि संर्घष गर्ने पार्टी नै कांग्रेस रहेकाले आउदे दिनमा  तराई मधेसमा कांग्रेसकै जनधार बढर जाने ठोकुवा गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् विधान संशोधन समितिका संयोजक डा. मिनेन्द्र रिलाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पार्टीकी कोषाध्यक्ष सिता देवी यादव, केन्द्रिय सदस्य महालक्ष्मी (डिना) उपाध्याय, केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया लगायतका वक्ताहरुले  संगठन बलियो कसरी हुने सो वारे आ–आफ्नो सुझाव दिन सहभागिहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बारा, पर्सा, रौतहटर सर्लाहीबाट पार्टीका महासमिति सदस्य, महाधिवेश प्रतिनिधी, केन्द्रिय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति देखी बुथकमिटिका अध्यक्ष समेतको सहभागि रहेको आयोजकले जनाएका  छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ