arrow

कपिलवस्तु प्रहरीको ४ महिना : १ करोड बढीको अवैध मालसामान बरामद

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असोज १२ शुक्रबार
nepal-police-Fn.png.png

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नेपाल भारत सिमा क्षेत्रवाट अवैध रुपमा भित्राइएका साम्रग्रीहरु बरमद मार्फत ४ महिनाको समयमा करिब १  करोड बढीको अबैध मालसामान बरामद गरेका छ ।

सिमावाट निकासी गरीरहेको अवस्थामा प्रक्राउ गरीएका साम्रगी  सो मुल्य बराबरको मालसामान भन्सार चलान गरेको हो । जिल्ला प्रहरी तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी सो तथ्यांक सार्बजनिक गरहेको । प्रहरी अनुसार भन्सार छली गरी नेपाल ल्याउदै गरेा लत्ताकपडा, ईलेक्ट्रोक्सि सामान, किरानाका सामान लगायतका बरामद गरिएको हो ।

 प्रहरी निरिक्षक गोबिन्द रावलले जिल्लामा प्रहरी उपरिक्षक मनोज कुमार यादव आए सँगै सो मुल्यका सामाग्री र चौपाया भंसार बुझाईएको जनाए । यस बर्षको जेठदेखी अहिलेसम्म ९० लाख ९१ हजार २ सय ३ रुपैयाका भंसार छलीका सामाग्री र २२ लाख ४० हजार मुल्यका अबैध रुपमा भित्राईएका चौपाया भंसार बुझाईएको जनाईएको हो ।

सो सँगै सिमा क्षेत्रबाट भित्रिएका ८ लाख ८८ हजार ५ सय मुल्यका चल्ला र कुखुरा बरामद गरि नष्ट गरिएको, २ लाख ७२ हजार १ सय ७ रुपैया बराबदको काठ बरामद गरि वन कार्यालयमा बुझाईएको र ३७ हजार ३ सय ७० बराबरको अबैध मदिरा बरामद गरि नष्ट गरिएको रावलले जनाए ।

 सोही अवधीमा मोटरसाईकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ गरि २ थान स्कुटी सहित २९ मोटरसाईकल बरामद गरिएको, लागु पदार्थ सहित २५ व्यक्तिलाई नियन्त्रणमा लिईएको तथा बिभिन्न मुद्दाका १५ फरार प्रतिबादी नियन्त्रणमा लिईएको उनले जनाए ।

‘प्रहरीले ६३ किलो मिटरको सीमा नाकामा बिशेष अभियान चलाएको छ ’ प्रहरी उपरिक्षक मनोज यादवले भने ‘ जसले गर्दा भन्सारको राजस्व समेत बढेको छ ’ । सीमा नाकामा निग्रानीकालागि १३ वटा प्रहरी चौकी छन । सबै चौकीहरुलाई तस्कारी नियन्त्रणकालागि कडा निर्देशन दिईएको उनले बताए ।

 हिन्दुहरुको महान चाड दशै, तिहार नजिकिएसंगै प्रहरीले चोरी तस्कारी नियन्त्रकालागि नाकाहरुका बिशोष निग्रानी थालेको छ । प्रहरीले नाकामा सिक्रियता बढाएसंगै तस्कारीमा न्युनीकरण आएको प्रहरीले जनाएको छ । प्रहरीले कडाई गरे पछि भन्सार राजस्वमा बृद्धि भएको छ ।

 जिल्लामा ६३ किलो मिटर खुल्ला सिमा रहेको अवस्थामा सबै ठाँउमा प्रहरी पुग्न नसक्ने भएकाले नागरिकस्तरको पनि सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । दैनिक रुपमा सिमामा प्रहरी परिचालन गरि अवैध कार्यहरु नियन्त्रण गरिएको समेत यादवले बताए ।

 चोरी तथा अपराध नियन्त्रणको लागी प्रहरी एक्लै प्रयास वाट सन्भव नभएकोले स्थानयि नागरिक र सारेकारवालाहरुको सहयोग रहनुपर्ने समेत उपरीक्षक यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ