प्रदेश राजधानी गोदावरी पारित भएसँगै धनगढीमा अनिश्चितकालिन आम हडताल
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असोज १२ शुक्रबार
1k
Shares
धनगढी । प्रदेश नम्बर ७ को राजधानी र नाम प्रदेश सभाको दुई तिहाइले आज शुक्रवार पारित गरेसंगै अस्थायी राजधानी धनगढीमा भोलि शनिबारदेखि अनिश्चितकालिन आम हडतालको घोषणा गरिएको छ ।
सात नम्बर प्रदेश सभामा सुझाव समितिले यसअघि पेश गरिएको प्रस्तावलाई नै आज शुक्रवार सभाको दुई तिहाइले पारित गरेको छ । प्रदेश ७ को नाम "सुदुरपश्चिम" र राजधानी गोदावरीलाई प्रदेशको राजधानी बनाउने निर्णय प्रदेश सभको दुई तिहाई बहुमतले पारित गरेको छ ।
प्रदेश नम्बर ७ का कुल सभासद ५३ जना मध्य ३८ जना सभासदले पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ जना सभासद र राजपाका २ जनाले प्रदेश सभाको बैठक बहिस्कार गरेका थिए ।
शुक्रवार दुई तिहाई बहुमतले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका र नाम सुदुर पश्चिम राख्ने निर्णय गरिए संगै धनगढीमा शनिबारदेखि अनिश्चितकालीन आम हडतालको घोषणा गरिएको छ ।