arrow

सिरियाबारे जर्मनी, फ्रान्स, टर्की र रूसबीच सम्मेलन हुने

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
german-ecomomic.jpg

बर्लिन, जर्मनी । जर्मन चान्सलर एङ्गेला मर्केलले जर्मनी,फ्रान्स, रूस र टर्कीबीच आगामी अक्टोबरमा सिरियामा शिखर सम्मेलन गर्ने तयारी भइरहेको शुक्रबार बताएकी छन् ।

“हामी सिरियाको छिमेकी चार राष्ट्र जर्मनी, फ्रान्स, रूस र टर्कीका राष्ट्रप्रमुखबीच सिरियाली द्वन्द्व समाधानका लागि आगामी आगामी अक्टोबरमा शिखर सम्मेलन गर्ने तयारी रहेको छ,” मर्केलले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताइन् ।

“हामीले शिखर सम्मेलन आगामी अक्टोबरमा गर्ने योजना बनाएका छौँ,” मर्केलले भनिन् ।

वार्ता खासगरी सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिवको दुरावस्थालाई लिएर हुने मर्केलले बताइन् ।  टर्कीले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउन इडलिब क्षेत्रमा लडिरहेका सिरियाली विद्रोहीलाई सहयोग गर्दै आएकोमा सिरियाको द्वन्द्व अन्त्यका लागि सन् २०१६ को अन्त्यतिरबाट इरान र रूससँग पनि निकट रहँदै आएको छ ।

रूस र टर्कीले रूसी ब्लाक सी रिसोर्ट शहर सोकीमा सेप्टेम्बर १७ मा भएको सम्मेलनमा इडलिबको मध्य क्षेत्रलाई शान्ति क्षेत्रको घोषणा गर्ने बिषयमा सहमति भएको थियो ।

रूस तथा इरानबाट सहयोग प्राप्त सिरियाली सरकार र उसको सेनाले सात बर्षसम्म विद्रोहीले नियन्त्रणमा राखेको इडलिबमा आक्रमण गरी नियन्त्रणमा लिने बताइरहेका बेला हुने भनिएको वार्तालाई विशेष चासोका रूपमा लिने गरिएको छ ।

रूस र टर्कीले यदि इडलिबमा विद्रोहीविरुद्ध कारबाही थाल्ने हो भने यसबाट रगतको खोलो बग्ने चेतावनीपछि सम्झौता गर्न सहमत भएका हुन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ