arrow

प्रबिधि चोरेको भन्ने अमेरिकी दावीको चीनद्वारा खण्डन

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
china-us1.jpg

न्यूयोर्क, अमेरिका । प्रबिधि चोरेको भन्ने अमेरिकी दावीको चीनले खण्डन गरेको छ ।  शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रबिधि चोरिरहेको भन्ने दावीको अस्वीकार गरे ।

अमेरिकाले चीनमाथि व्यापार नियन्त्रण उपायको प्रमुखमध्येको एउटा कारण प्रबिधि चोरी नियन्त्रण पनि भएको बताएपछि चिनियाँ विदेशमन्त्री यीले वासिङ्टनको दावीको खण्डन गरेका हुन् ।

मैले यो कुरा प्रष्ट पार्न चाहन्छु कि चीनले विदेशी पेटेन्ट राइट्स (एकस्वाधिकार) चोरी गरेको छैन र गर्न पनि चाहँदैन ।

नत चीनले आफ्नो प्रबिधिको एकस्वाधिकारलाई लिन अरू कसैलाई नै भन्छ, विदेशमन्त्री यीले न्यूयोर्कस्थित ‘काउन्सिल अन फरेन रिलेसन’लाई बताए। यी राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा छन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ