परासी। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका स्थित पश्चिम गण्डक नहरमा चार दिन देखि बेपत्ता भएका पुरूष मृत अवस्थामा शव भेटिएको छ। मंगलबार राती प्रतापपुर गाउँपालिका वडा नं ९ पुल नजिकै नहरमा भारतको बिहार प्रदेशको पश्चिम चम्पारन जिल्लको रामनगर बस्ने लगभग २५ वर्षिय राकेश बनियाँ बेपत्ता भएका थिए।
बेपत्ता भएका बानियाँको पश्चिम गण्डक नहरमा पानीको तह कम गरी प्रहरीले खोजी कार्य तिब्र गरेपछि अपरान्ह प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर नजिकै शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीले नदिमा बग्दै गएको अवस्था शवलाई फेला पारेको थियो।
थप अनुसंधान गर्नका लागि शवलाई पेस्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।