arrow

घर लिप्नलाई माटो लिन गएका तीन जनाको मृत्यु

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
dang_district_map.png

लमही । माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पूर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ