arrow

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई जेलमै अन्तर्वार्ता दिन अदालतको अनुमति

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
lula.jpg

ब्राजिल । कारावासको सजाय भोगीरहेका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ ।

देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो ।

ब्राजिलको अत्यन्त लोकप्रिय दैनिक पत्रिका “फोल्हा डे साओ पाउलो” को पटक पटकको आग्रहपछि न्यायाधिश रिकार्डो लेवान्डोवस्कीले यस्तो आदेश दिएको समाचारमा जनाइएको छ ।

सो पत्रिकाले मुलुकको दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिलाई सञ्चार माध्यममा बोल्न नदिएर प्रेस स्वतन्त्रतामा बाधा पर्ने तर्क गर्दै अन्तर्वार्ताका लागि अनुमति दिन माग गरेको थियो ।

भ्रष्टाचार गरेको आरोपमा पूर्व राष्ट्रपति लुलालाई गत अप्रिल देखि करावासमा राखिएको छ ।शुक्रबारको आदेशसँगै लोकप्रिय पूर्व राष्ट्रपति लुलालाई सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन बाटो खुलेको छ ।

उनलाई सर्वोच्च अदालतले नै भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको हो । आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको लुलाको दाबी छ ।सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ