संगठित हुदै खस समुदाय, राज्यले उपेक्षा गरेको गुनासो
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असोज १३ शनिबार
727
Shares
बझाङ। परापूर्व काल देखि नेपालको कर्णाली तथा सुदुरपश्चिममा बसोबास गर्दै आएका खस क्षेत्री समुदायहरु राज्यले आफुलाई उपेक्षा गरेको भन्दै आफ्नो अधिकारका लागी संगठित हुन थालेका छन् ।
देशको परिवर्तित शासन व्यवस्था संगै मुलुकमा रहेका बिभिन्न जात जाती बर्ग समुदायले राज्यबाट बिभिन्न आरक्षण सेवा सुबिधा पाएको तर मुलुकको शासन व्यवस्था परिर्बतनका लागी आफ्नो बहुबल प्रयोग गर्ने खस क्षेत्रीहरुले उचित अधिकार नपाएको भन्दै यस क्षेत्रका खस क्षेत्रीहरु संगठित भएर आफ्नो हक अधिकारका लागी संगठित भएका हुन् ।
देशका भरिका जिल्लाहरुमा खसान राष्ट्रिय संर्घष समिती बनाउदै आएका खस अगुवाहरुले शनिबार बझाङ जिल्लामा पनि संर्घष समिती बनाएका छन् । गोपाल बहादुर कुंबरको अध्यक्षतामा तयार भएको बझाङ संर्घष समितीमा उपाध्यक्षमा मनोमाया खड्का , सचिब पदम बहादुर थापा , कोषध्यक्षमा धन बहादुर बोहरा लगायत ११ सदस्य कार्य समिती तयार भएको जिल्ला आएका खसान राष्टिय सर्घष समितीका केन्दिय संयोजक प्रेम खातीले जानकारी दिए।
केन्दिय संयोजक खातीका अनुसार खसहरुको छुट्टै भाषा , संकृती , परम्परा , भुगोल हुदा हुदै पनि राज्यका नेतृत्व गर्ने केही ब्यक्तिको गलत नियत र सोचले खस जाती लाई आदीबासीको सुचिमा नराख्नु गलत भएकाले यसका बिरुद्धमा आफुहरुले सर्घष गर्नु परेको बताए ।
नेपालको जनसंख्याको करिब १८ प्रतिशत जनसंख्या ओगटेको खस समुदायलाई कानुनी तथा संबैधानिक हक आदिवासीले पाउने जल जमिन र जंगल माथीको स्वामित्व बाट समेत बन्चित गरेको आरोप लगाए । संयुक्त राष्ट्र संघ र आईएलओ १ सय ६९ र युएनको एजेण्डा नम्बर २१को परिभाषा अनुसार पनि खस समुदाय लाई आदीबासीको सुचीमा समाबेस गरिनु पर्ने स्पष्ट व्यवस्था हुदा पनि नेपाल सरकारको विभेदकारी नितीले सम्पूर्ण खस समुदायको मानव अधिकारको हनन् भएको समेत खसान अगुवाहरुले आरोप लगाएका छन् ।
देशभरि संगठित हुन थालेका खस क्षेत्री समुदायले आफुहरुलाई आदिवासी सुचिमा राख्नु पर्ने माहकाली , सेती, भेरि र कणाली अंचललाई खसान प्रदेश बनाउनु पर्ने , खस आयोग गठन गर्नुपर्ने , मष्टो संस्कृतीको सम्मान गर्दै प्रदेशमा स्थानिय खस बिदा दिनु पर्ने खस भाषालाई प्रदेशको कामकाजी भाषा बनाउनु पर्ने र खस भाषालाई संविधानको सुचिमा राख्नु पर्ने माग राखेका छन् ।
यसका साथै राज्यका सबै तह र अंगमा समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने जस्ता मागहरु रहेका खसान संर्घष समितीका अगुवा कृष्ण बहादुर थापाले बताए । जिल्लामा आएको उनिहरुको टोलीले स्थानिय बासीन्दाहरुलाई भेला गरि नेपाली भाषाको उत्पती का साथै नेपाली संस्कृतीको बिकास भएको यस क्षेत्र लाई राज्यका र्शिषकहरुले उपेक्षा गरेको हुदा खसहरुको अधिकारका लागी लाग्न कार्यक्रममा जोड दिएको छ ।
बझाङ जिल्लामा संर्घष समिती बनाउन आएको टोलीमा खसान राष्ट्रिय संर्घष समितीका अगुवा प्रेम बहादुर खाती , कृष्ण बहादुर थापा , रामचन्द बानियाँ क्षेत्री , बिर सिंह क्षेत्री , शुसिला बिष्ट , रधुबिर सिंह ठगुन्ना र समितीका महासचिब आन्त बहादुर क्षेत्रीको सहभागिता रहेको थियो । बिगत चार बर्ष देखि खस क्षेत्री समुदायहरु संगठित भएर आप्नो हक अधिकारका लागी देशै भरि संर्घष समिती बनाउदै आएका छन् ।