arrow

विदेशी मुद्रा विनिमयमा समस्यापछि श्रीलङ्काले गर्‍यो कार आयातमा कडाई

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
bmw-car.jpg

कोलम्बो, श्रीलङ्का । विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ ।

श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा गाडीहरूको आयातमा एक बर्षका लागि खरिद गर्न रोक लगाएको छ । यहाँका सरकारी अधिकारीलाई कार तथा विलासिताका सामान खरिदमा दिइँदै आएको भन्सार कर छुटलाई पनि आगामी छ महिनाका लागि रोक लगाइएको छ ।

श्रीलङ्काली बैङ्कहरूलाई कार, एअर कन्डिसनर्स, अत्तर, मोबाइल फोन र टेलिभिजनजस्ता विलासिताका सामान खरिद गर्न ऋण नदिन पनि अर्थमन्त्रालयले निर्देशन दिएको छ ।

श्रीलङ्काको स्थानीय मुद्राको मुल्य अमेरिकी डलरको तुलनामा १० प्रतिशतले गिरावट देखिएपछि यसलाई सन्तुलन राख्ने प्रयासमा सरकारले उक्त निर्णय लिएको हो । सन् २०१८ को शुरूमा अमेरिकी एक डलर बराबर श्रीलङ्काली एक सय ५५ रूपैयाँ रहेकोमा शुक्रबार अमेरिकी एक डलर बराबर श्रीलङ्काली १७० रूपैयाँ कायम भएको छ ।

गत अगस्टमा सरकारले विदेशी कारको खरिद गर्दा तिर्नुपर्ने करमा व्यापक वृद्धिको घोषणा गरेको थियो । तर विदेशी मुद्रासँगको मुल्यमा देखिएको गिरावटलाई उक्त निर्णयले नियन्त्रण गर्न असफल सावित भएपछि विदेशी मुद्रा विनिमयमा समस्या आएको हो ।

श्रीलङ्काको केन्द्रीय बैंकले कार खरिदका कारण यहाँको व्यापार घाटा गत आर्थिक बर्षको पहिलो पाँच महिनामा ७० करोड अमेरिकी डलरबाट चालु आर्थिक बर्षको सोही अवधिमा चार अर्ब ९० करोड पुगेको तथ्याङ्क सरकारलाई उपलब्ध गराएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ