काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभत्र आन्तरिक तरंग फैलिएको छ । नेताहरु आपसमा भिड्न थालेका छन् । सत्तामा रहेकाहरु शक्तिको स्वाद लिँदै गर्दा सत्ता बाहिर बसेकाहरु सत्तामा बसेकाहरुको गलत रवैयाप्रति औंला ठड्याउन थालेका छन् ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको रबैया बढ्दै गएको भन्दै तेस्रो वरियताका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षको हालीमुहाली बढेको र सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै स्थायी कमिटि बैठकको माग गरेपछि विवाद छताछुल्ल भएको छ ।
यसबारेमा सामाजिक संजालमा पनि आपसी भिडन्त सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल पक्षलाई तीतो व्यङ्ग्य कस्दा नेपाल पक्षका प्रभावशाली नेता योगेश भट्टराईले भने सत्ता र शक्तिको दूरुपयोग गर्ने विरुद्ध कटाक्ष गरेका छन् ।
विष्णु रिमाल लेख्छन् –“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ ’”
योगेश भट्टराइ लेख्छन्, –‘शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’
यो उदाहरण मात्र हो । अहिले नेकपाभित्र चरम असन्तुष्टि देखिएको छ । शक्तिमा भएकाहरु नभएकालाई दबाउन खोजिरहेका छन् । यसको बदला लिने क्रम सुरु भएको छ ।