arrow

प्रधानमन्त्री ओलीले अर्को मानार्थ उपाधि पाउँदै

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
oli-doctorate.jpg

काठमाडौं । ‘जसले कलेज पढेन उसलाई मानार्थ डाक्टर उपाधिको मोह’ । यो भनाइ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लागु हुन्छ । 

यो भनाइ भने नेकपाकै एक नेताको हो । पार्टीभित्र पदीय द्धन्द्ध चर्किरहेका बेलामा उनले आफ्ना अध्यक्षमाथि व्यङ्ग्य कसेका हुन् । 

प्रधानमन्त्री ओली हाल कोस्टारिकामा छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७३औँ अधिवेशनमा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका पुगेका हुन् । 

प्रधानमन्त्री ओलीले सान जोसमा सान जोसमा शान्ति विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रमसमेत रहेको छ। त्यहाँ उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिन लागेको विश्वविद्यालयले जनाएको छ।

ओली मानार्थ डाक्टर पाउन लालायित देखिन्छन् । यसअघि पनि उनले यो उपाधि पाइसकेका छन् । ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । उनले आफैले औपचारिक अध्यनन गरेर पीएचडी हासिल नगरे पनि मानार्थ उपाधी दिइएको थियो ।

ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवम् प्रौद्योगिक विश्वविद्यालयले मानार्थ पीएचडीको उपाधि पाउनेछन् ।

त्यस्तै सन् २०१० मा उनलाई विवादास्पद ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरी मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो। 

विशिष्ट व्यक्तिको नाममा विद्यावारिधिको उपाधि दिइएको भन्दै विश्वविद्यालय नै विवादमा परेको थियो । 

त्यसपछि ओलीसंगै उपाधि पाउने हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसहितका अन्य व्यक्तिले उपाधि फिर्ता गरे पनि ओली उपाधि फिर्ता गरेका छैनन्। यसै कारणले प्रधानमन्त्री ओलीलाई सधै यस्ता उपाधिको मोह हुने गरेको ठम्याउन सकिन्छ ।

प्रधानमन्त्री ओलीले सोमवार विश्वविद्यालयको रोर्डिगो काराजो क्याम्पसको भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनलाई नेपालमा प्रजातन्त्रको संस्थागत तथा शान्ति प्राप्त गर्न खेलेको भूमिकाका कारण मानार्थ विद्यावारिधिबाट सम्मान गर्न लागिएको विश्वविद्यालयले आफ्नो आधिकारिक वेवसाईटमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ